ताजा अपडेट

दाङमा अस्थायी मुकाम तोक्न दवाव, दाङको सम्भावनालाई ख्याल गर्न आग्रह

          |   149 Views   |   Published Date : 17th December 2017 |

 

dd

  दाङ, पौष २ । प्रदेश सभा, प्रतिनिधि सभा र समानाुपातिक तर्फको अन्तिम मतगणना परीणाम सार्वजनिक भैसकेको अवस्थामा वर्तमान सरकारले प्रदेश राजधानीको अस्थाइ मुकाम पनि नतोकेको अवस्थामा दाङको तुलसीपुरमा नागरीक दवाव कार्यक्रमको आयोजना गरिएको छ । प्रदेशको राजधानी दाङलाइ तोक्न नागरीकहरुका आवाजहरु समेटिंदै स्वस्फुर्त रुपमा नागरीक दवाव ¥यालीको आयोजना भएको हो ।

संभवतः आयोजक विनै भएको यो पहिलो दवाव ¥याली हो । त्यसको समन्वय स्थानिय पत्रकारहरु तथा नागरीकहरुले गरेका थिए । स्वस्फुर्त रुपमा आयोजना भएको ¥यालीमा नागरीक समाजका संयोजक, उद्योगी व्यवसायीहरु, अधिकारकर्मिहरु, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु संगै सन्चारकर्मिहरुको समेत बाक्लो उपस्थीति रहेको थियो ।

दवाव ¥यालीले तुलसीपुरका मुख्य बजारहरुको परीक्रमा गर्दै दाङको राजधानीको संभावना खोसिन नहुने बताएका थिए । कार्यक्रममा बोल्दै अधिकारकर्मि शुषमा गिरीले दाङ राजधानी नभए लाख महिलाहरुलाइ सडकमा उतार्ने चेतावनी दिंदै पुर्वाधारका हिसावले दाङको राजधानी खोसिन नहुने बताइन् ।

त्यसै अवसरमा बोल्दै नागरीक समाजका संयोजक टिकाराम रेग्मीले राजनितिक स्वार्थलाइ त्यागे प्रादेशिक राजधानीका लागी दाङ संपुर्ण रुपले तयार रहेको बताए । रिपोटर्स क्लवका प्रदेश नंवर ५ का संयोजक शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता जिवन भण्डारीले दाङलाइ प्रादेशिक राजधानी नभए सडक आन्दोलनको विकल्प नभएको बताए ।

सोहि अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत विरु)ले यता र उता भन्दा पनि दाङमा हामीलाइ प्रादेशिक राजधानी चाहिएको बताउंदै त्यसकालागी संपुर्ण पुर्वाधारहरु तयार भैसकेको बताए । कार्यक्रममाको सहजीकरण पत्रकार संगित बस्यालले गरेका थिए । कोणसभा तुलसीपुरको विपि चौकमा संपन्न भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१