चिलीमा पहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु, १५ जना बेपत्ता
चिली,पौष २ । चिलीमा पहिरोका कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् । वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षिणी क्षेत्रमा रहेको पर्यटकीय गाउँ ‘भिल्ला सान्ता लुसिया’का दर्जनौं घरमा क्षति पुगेको छ । चिलीका राष्ट्रपति मिशेल बाचेलेतले पहिरो प्रभावित क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेका छन् । पहिरो गएको क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ भने सडक सम्पर्क पनि प्रभावित भएको छ । चिलीको राजधानी सान्टियागोबाट ११ सय किलोमिटर दक्षिणमा रहेको गाउँमा वर्षासँगै पहाडबाट लेदोसहित झरेको पहिरोले क्षति पु¥याएको हो । प्रभावित गाउँका केही मानिसलाई हेलिकप्टर मार्फत उद्धार गरी चाइटेन लगिएको छ । अहिले सो क्षेत्रमा उद्धार तथा राहतको कामलाई तीब्र बनाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed