नँया व्यवस्थापन सहित यामाहा शोरुम सञ्चालन हुने
दाङ, पौष १ । श्रेष्ठ अटोमोबाइलले आगामी दिनहरुमा नँया व्यवस्थापनका साथ यामाहा शोरुमलाई लैजाने निर्णय गरेको छ । घोराहीमा भएको एक कार्यक्रममा ग्राहकहरुलाई अझ सहज तरीकाले सेवा-सुविधा दिने प्रदान गर्ने अटोमोबाइलका सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । साथै उँहाले अटोमोबाइलमा कार्यरत पुराना तथा दक्ष कामदारहरुलाई उचित पुरस्कार सहित सम्मान पनि गर्नुभयो । विगतका वर्षहरुमा पार्ट्सको व्यापारबाट थालनी गर्नु भएका श्रेष्ठले काइनेटिकको शोरुम संगै २०५८ सालमा यमाहा शोरुम लिई दांग जिल्लाको आधिकारीक बिक्रेताको रुपमा लिनु भएको हो । अब चांडै नै होलेरी, रोल्पा र रुकुममा पनि ग्राहकवर्गलाई सेवा प्रदान गर्ने छौ भनी श्रेष्ठ अटोमोबाइलका सुपरभाइजर लक्की सल्मानीले जानकारी दिनुभयो । साथै बजारको बढ्दो चापलाई मध्य नजर गरी अबका दिनहरुमा अझ व्यवस्थित तरीकाले ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्न तर्फ लाग्ने सुपरभाइजर लक्कीले बताउनुभयो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed