ताजा अपडेट

‘कुन मोवाईल किन्ने भनेर ग्राहकलाई सम्झाउनु पर्दैन’

          |   235 Views   |   Published Date : 12th December 2017 |

घोराही मनटावरमा रहेको ग्याड्जेट स्टोरका संचालक विश्वमान कसजु सँग छोटो मिठो कुराकानी :

 

21903438_784950525023354_2000052185_n

> तपाई कहिलेदेखि व्यापारमा लाग्नु भयो ?

= मेरो सानैदेखि व्यापार गर्ने इच्छा थियो, घर मै आफ्नो किराना पसल भएकोले मेरो मनमा चाहनाहरु बढ्दै गयो अनि अंकलको मोबाइल पसलमा समय दिन थाले । अरु व्यवसायभन्दा मोबाइलको व्यापारप्रति मेरो चासो अलि बढ्दै गयो र आफ्नै लगानीमा मोबाइल पसल खोले, अहिले पसल सञ्चालन गरेको पनि दुई वर्षभन्दा बढी भएको छ ।
> व्यापार गर्दा के कस्ता अनुभव बटुल्नु भयो ?
= विभिन्न किसिमका मानिसहरु सँग उनीहरूका विभिन्न खालका इच्छा ( चाहनाहरु बुझ्ने मौका पाए साथै उनीहरुबाट के कस्ता प्रविधि भएका मोबाइलहरु बजारमा ल्याउनु पर्ने हो भन्ने बुझे । नँया–नँया तरिकाहरु अपनाउने बारे पनि अनुभव भयो ।
> व्यापार (व्यवसाय कस्तो चलिरहेको छ ?
= म एकदमै सन्तुष्ट छु र अहिलेसम्म राम्रै चलिरहेको छ । बजारको रफ्तारसँगै दौडिरहेको छु अनि सबै साथी दाईभाईहरुको साथ पाइरहेको छु र आगामी दिनहरुमा पनि सहयोग पाउने आशा लिएको छु ।
> अहिले बजारमा कुन कुन ब्रान्डका मोबाइलहरू भित्रिएका छन् ?
= भर्खर दशैं (तिहारका लागि जीओनी, ओप्पो, भीभो, वान प्लस, सामसुङ र आई फोन जस्ता ब्रान्डका मोबाइलहरू भित्रिनुका साथै स्मार्ट फोन ओपलको फिचर फोनहरु बजारमा आएका छन् ।
> यी बजारमा निस्केका ब्रान्डहरुका विभिन्न किसिमका मोबाइलहरुमा के–कस्ता विशेषताहरु रहेका छन् ?
= पहिलेका भन्दा अहिलेका मोबाइलहरु नँया प्रविधिबाट उत्पादन भएकाले मोबाइलहरूमा नँया नँया टेक्निकहरु रहेका छन् । बेग्लै किसिमका सुबिधाहरु समेत रहेका छन् ।
> ब्यापारमा लागेर के पाउनु भयो र के गुमाउनु भयो ?
= ब्यापारमा लागेर मैले केही गुमाएको जस्तो लाग्दैन, बरु धेरै कुराहरु सिक्ने र जान्ने मौका पाए साथै विभिन्न मानिसहरुसँग सम्बन्ध बिस्तार गर्ने मौका पनि पाए । व्यापारले धेरै कुराहरु सजिलो पनि बनाएको छ ।
> बजारमा एक से एक नँया–नँया कम्पनीका मोबाइलहरू आउनुका साथै प्रतिष्पर्धा पनि बढेको छ, यसप्रति तपाईको के भनाई छ ?
= हो बजारमा प्रतिष्पर्धा बढेको छ र बढ्नु पनि स्वभाविकै हो किनकि पहिलेकाभन्दा अहिले बजारमा मोबाइल ब्राण्डहरु धेरै छन्, त्यसैले काम पनि गर्न गाह्र्रो छ तर पनि ग्राहक वर्गहरुलाई चित्त बुझाउनु नै हाम्रो प्रतिवद्धता हो । पहिलेका भन्दा अहिलेका अधिकांश मानिसहरुले मोबाइल प्रयोग गर्छन् र इन्टनेटको जमानामा कुन मोबाइल किन्दा बेस होला भनेर ग्राहकहरुलाई सम्झाउनु पर्दैन । आजभोलि नेट मै हेरेर थाहा हुन्छ कुन कम्पनीको मोबाइल ठीक छ र किन्दा बेस हुन्छ भनेर र आफै थाहा हुन्छ, त्यसैले प्रतिष्पर्धा आफ्नै ठाउँमा छ तर पनि ग्राहकहरुको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो ।
> आगामी कदमहरु के कस्ता चाल्ने सोच बनाउनु भएको छ ?
= मेरा आगामी कदमहरु यो मोबाइल व्यापारलाई भविष्यमा अझै फस्टाउँदै लैजाने साँेच रहेको छ भने नँया नँया तरिकाबाट व्यवसाय गर्ने मनसाय बनाएको छु र यसको लागि मैले तपाईहरुलगायत सम्पूर्ण दाजुभाई साथीहरुको सहयोगको अपेक्षा राखेको छु ।
अन्तमा गणतन्त्र परिवारलाई विशेष धन्यबाद दिन चाहन्छु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१