ताजा अपडेट

निर्वाचनको सम्पूर्ण तयारी पुरा: नतिजा २ दिनमै सार्वजनिक हुने, मतदाता परिचय पत्र वितरण सुरु

          |   67 Views   |   Published Date : 6th December 2017 |

24891456_1671697026202021_970984486_n

 नवीन अभिलाषी, बिहीबार हुन लागेको चुनावको मतगणना दुई दिनभित्रै सम्पन्न गरी दाङमा तयारी थालिएको दाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

सोमबार मतदान गराउन मतदानस्थलमा कर्मचारी पठाएपछि मुख्य निर्वाचनको कार्यालयले मंगलबारदेखि मतगणना स्थलको तयारी तीब्र पारेको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले गणतन्त्र दैनिक संग कुरा गर्र्दै यसपटक जिल्लाको सबै मतगणना पद्मोदय पब्लीक माविको ठूलो भवनमा हुने जानकारी दिनुभयो । रावलका अनुसार घोराही उपमहानगरपालिका वडानम्वर १५ मा पर्ने भरतपुरस्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा मतगणता हुने र दुई दिनभित्रै मतपरिणाम सार्वजनिक हुनेछ ।
विद्यालयमा रहेका तीन वटा भवनमा मतगणना गर्ने गरी व्यवस्थापन भैरहेको र कर्मचारीहरुको व्यवस्थापन समेत भइसकेको उहाँले बताउनुभयो ।

प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलग–अलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ । मतगणना स्थलको सुरक्षाका लागि कडा सतर्कता अपनाउने र सिसी क्यामेरा जडान हुने बताउनुभयो । त्यसको साथै वाइफाईको समेत तयारी भइरहेको रावलको भनाई छ ।
मतदाता परिचय पत्र वितरण

दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण मंगलबारबाट सुरु भएको छ । भोलि मंसिर २१ गते निर्वाचन हुने मतदानका लागि दाङलगायत ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ । आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । दाङमा ३ सय ९४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान केन्द्रमा पुगिसकेका कर्मचारीहरुले मतदाता परिचय पत्र बितरण गरिरहेका छन् ।

भोलि हुने चुनावमा दाङका १ लाख ७२ हजार ८ सय ३३ महिला र १ लाख ६६ हजार १ सय १८ पुरुष मतदाताले भोट हाल्दैछन् । स्थानीय चुनावमा पनि महिला मतदाताको संख्या धेरै रहेको थियो । स्थानीय चुनावमा पनि दुईजना तेस्रो लिंगीले भोट हालेका थिए, भने यसपटक पनि भोट हाल्ने तेस्रो लिंगीको संख्यामा फेरबेदल आएको छैन । गएको असारमा सम्पन्न स्थानीय तहको चुनावमा भन्दा अहिले हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा दाङमा ४७ हजार ७ सय ८१ मतदाता बढेका छन् । स्थानीय तहको चुनावमा २ लाख ९१ हजार १ सय ७२ मतदाता रहेका थिए ।

्परिचयपत्र लिन जाँदा आफ्नो परिचय खुल्ने कुनै सरकारी कागजात वा स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र देखाउनुपर्ने छ । एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने कार्यालयले जनाएको छ ।
साथै कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिने गरेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो । लामो समयदेखि मतदाता शिक्षा गाउँगाउँमा पुर्याएको भए पनि कोही छुटेको हुन सक्ने भएकाले मतदाता परिचय पत्र लिन आएका मतदाताहरुलाई मतदाता शिक्षा दिने व्यवस्था मिलाइएको रावलले बताउनुभयो ।
३२ जना निर्वाचन विरोधी पक्राउ

चुनावको मुखैमा आएर चुनावविरोधी गतिविधि गरेको आरोपमा दाङको प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
उनीहरु विप्लव नेतृत्व नेकपाका कार्यकर्ता रहेको प्रहरीले बताएको छ । मंसिर २१ गतेका लागि तय गरिएको प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावलाई बिथोल्ने कार्यमा संलग्न भएका ३२ जनालाई पक्राउ गरेको प्रवक्ता तिवारीको भनाई रहेको छ ।
जिल्लामा चुनाव विरोधी काम गरेको भन्दै उनीहरुले घटनाका आधारमा उनीहरुलाई कारबाही प्रक्रिया चल्ने प्रहरीले जनाएको छ । उनीहरु माथि अनुसन्धान भैरहेको र निर्वाचन अगाडिी नछोड्ने प्रहरीले बताएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन