ढुक्क भएर मतदानमा सहभागी हुन प्रमुख आयुक्तको आग्रह
काठमाडौ, मंसिर २० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले निर्धक्कभएर मतदानमासहभागी हुन आममतदातालाई आग्रह गर्नुभएको छ ।
मंगलबार रिपोर्टर्स क्लवको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सुरक्षाको बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आम मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रबन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।’
यादवले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार लक्षित घटाइएका घटनाहरुप्रति खेद व्यक्त गर्दै यादवले निर्वाचनमा जनताको उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वका रुपमा लिएको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनको तयारीका क्रममा व्यापक जनसहभागिता देखिएको छ, आममतदातामा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमालिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न म यही मञ्चबाट आह्वान गर्दछु ।’
यादवले निर्वाचनको व्यवस्थापकीय कामसमेत आयोगले पूरा गरिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीयकाम सम्पन्न भैसकेको छ, आयोग अहिले २४ सै घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए सबै समस्याहरु समाधान गर्नका लागि हामी तयारी अवस्थामा बसेका छौं ।’
Leave a comment