आफ्नै घरमा आगजनी
मंसिर २०, २०७४-मोरङको बेलबारीमा बाबुछोराबीच झगडा भएपछि छोराले घरमा आगजनी गरेका छन् । बेलबारी नगरपालिका ११ का केवालाल राजबंशी र उनका छोरा कुमारबीच घरायसी विवादमा झगडा भएको प्रहरीले जनाएको छ । त्यसक्रममा छोराले लाइटर बालेर घरमा आगो लगाएका थिए । आगो फैलिएर दुईतले घरको आधा भाग जलेको प्रहरीले जनायो । आगलागीमा करिब ६ लाख रुपैयाँ क्षति भएको छ । जलेर केवालाल र छिमेकी लक्ष्मण ढुंगाना घाइते भए । उनीहरूको धरानमा उपचार भइरहेको छ । कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाए ।
Facebook Comments
Leave a comment