ताजा अपडेट

संविधान र लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन आवश्यक–अध्यक्ष केसी

          |   22 Views   |   Published Date : 14th November 2017 |

chitra

दाङ, कार्तिक २८ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान र लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचन आवश्यक रहेको बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भन्नुभयो,‘लामो संघर्षपछि प्राप्त गणतन्त्र संस्थागत गर्न निर्वाचन आवश्यक छ । कुनै पनि बहानामा निर्वाचन रोक्नु हुँदैन ।’


देशी विदेशी शक्तिहरु निर्वाचन रोक्ने खेलमा लागिरहेको भन्दै पूर्व सहकारी मन्त्रीसमेत रहनुभएका केसीले निर्वाचन रोकिएमा मुलुकले ठूलै नोक्सानी बेहोर्नुपर्ने बताउनुभयो । मुलुकले संघीयता थेग्न नसक्ने भन्दै केसीले आफूहरु आसन्न निर्वाचनमा संघीयता खारेजीको मुद्दा लिएर जनता कहाँ गइरहेको बताउनुभयो । ‘संघीयताले मुलुकलाई टुक्राटुक्रा पार्ने मात्रै नभई आर्थिक रुपमा मुलुकलाई कमजोर बनाउँछ’, अध्यक्ष केसीले भन्नुभयो, ‘अरुसँग लिएको पैँसाका भरमा संघीयता लाद्ने प्रयास दलहरुले गरिरहेका छन् । यसले मुलुकको स्वाधिनतालाई कमजोर बनाउँछ ।’
संघीयताकै आडमा मुलुकमा बेदेशीक हस्तक्षेप बढ्दै गइरहेको बताउँदै केसीले भन्नुभयो, ‘संघीयताले मुलुकमा बैदेशीक हस्तक्षप बढ्दै गएको छ । विगतको तुलनामा पछिल्लो समय बैदेशीक हस्तक्षेप बढ्दै जाँदा राष्ट्रिय स्वाधिनता कमजोर बनेको छ ।’ फरक प्रसंगमा बोल्दै अध्यक्ष केसीले संविधानलाई आफू अनुकुल व्याख्या गर्नाले संविधान कमजोर बन्दै गएको बताउनुभयो । मुलुकको भविष्यसँग जोडिएको संविधानलाई मन लागि व्याख्या गर्दै संशोधन गर्ने दिशामा अगाडि बढिदा संविधानको मर्म समाप्त हुने खतरा बढेको समेत बताउनुभयो ।
भ्रटाचारले मुलुक तहसनहस पारिसकेको भन्दै केसीले पैसाका भरमा राजनीति गर्ने परिपाटीको अन्त्य नहुँदासम्म भ्रष्टाचारले प्रशय पाइरहने हुँदा राजनीतिक चरित्र निर्माण गर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । बाम गठबन्धन मुलुकको आवश्यकता भएको दावी गर्दै उहाँले बाम गठबन्धनलाई सघाउन बाग्लुङ र प्यूठानमा आफूहरु बाम गठबन्धनलाई साथ दिएको बताउनुभयो । बाम गठबन्धनपछि नेपाली कांग्रेस अत्ताल्लिएको भन्दै यसलाई फरक ढंगले व्याख्या गर्नु उपयुक्त नहुने बताउनुभयो । ‘बाम तालमेलपछि कांग्रेसका साथीहरु आत्तिनु भएको छ । बामपन्थीहरुले समाजवाद ल्याउँछन् र हामीहरु समाप्त हुन्छौ. भनेर डराउनुभएको छ’, अध्यक्ष केसीले भन्नुभयो, ‘बाम तालमेलको बिरुद्धमा लोकतान्त्रिक गठबन्धन तयार पारेको कांग्रेसले हामीलाई पनि गठबन्धनमा आउन भन्नुभउको थियो । उहाँहरुको चरित्रकै कारण हामी उक्त गठबन्धनमा गएनौं ।’
अर्को प्रसंगमा बोल्दै केसीले चुनावको समयमा अनावश्यक घोषणा पत्र ल्याएर जनता झुक्याउने खेलमा नलाग्न दलहरुलाई आग्रह गर्नुभयो । चुनावको समयमा जनतालाई झक्याउने राजनीतिक चरित्रले नै मुलुकमा बिकृति ल्याइरहेको केसीको भनाई थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन