ताजा अपडेट

बंगलाचुलीलाई पर्यटनको हव बनाउँछौं–महरा

          |   47 Views   |   Published Date : 13th November 2017 |

mahara

पाण्डव शर्मा, दाङ, कार्तिक २७ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले वंगलाचुलीलाई दाङलाई यस क्षेत्रकै पर्यटनको हव बनाउन सकिने बताउनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रले सोमबार वंगलाचुलीको कमीरचौरमा आयोजना गरेको संयुक्त चुनावीसभालाई संवोधन गर्न पुगेका महराले स्थानीयहरुलाई आफूले सरकारबाट पर्यटन केन्द्र बनाउनका लागि पहल गर्ने बताउनुएको हो ।

आफू अर्थमन्त्री हुँदा पहलमा घोराही–मुकुर्टी सडक कालोपत्रेका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै महराले वंगलाचुलीमा भ्यूटावर स्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो । ‘दाङलाई पाँच नं प्रदेशको राजधानी बनाउन मैले पहल गरिरहेको छु, अब दाङको जनसंख्या बढ्छ,’ महराले भन्नुभयो, ‘यहाँ गर्मी छल्लनका लागि पर्यटकहरु आउने छन् ।’ बंगलाचुली क्षेत्रका युवाहरु विदेशिने क्रम रोकेर स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने महराको भनाई छ ।

दाङको विकासका लागि आफूले विगतदेखि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै महराले अबको पाँच वर्ष आफूले समृद्ध दाङका लागि काम गर्ने स्पष्ट पार्नुभयो । निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका महराले दाङमा वाम गठबन्धनले ९ वटै सिटमा विजयी हासिल गर्ने दावि गर्नुभयो ।

यसैबीच महराले पश्चिम नेपालकै समृद्विमा लाग्ने बताउनुभएको छ । महालक्ष्मी, आनन्दनगर टोल विकास संस्थाले सोमबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका महराले नेपाली कांग्रेसले कुनै चलखेल नगरेर प्रादेशीक राजधानी घोषणाका लागि कसैले रोक्न नसक्ने बताउनुभएको थियो । माछापुच्छ्रे टोल विकास संस्थाका अध्यक्ष केशव भटराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका महराले राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीको विकासका लागि मियोकारुपमा रहेको बताउनुभएको थियो ।

आर्थिक विकासका लागि राष्ट्रिय पूँजीको विकास गर्नुपर्छ–पोख्रेल
त्यसैगरी एमाले स्थायी समिति सदस्य एवं दाङ निर्वाचन क्षेत्र नं प्रदेशसभा २ (१) का उम्मेदवार शंकर पोख्रेलले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले दलाल पूँजीवादलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । वाम गठबन्धनले मुलुककमा समृद्धि ल्याउने पोख्रेलको भनाई छ । कमिरेचौर पुग्नुभएका महरा र पोख्रेललाई हजारांैं जनताले झाँकी जुलुशसहित स्वागत गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन