ताजा अपडेट

महरा भन्छन् ‘बिजौरी–दहवन सडकले मलाई खोज्यो’

          |   10 Views   |   Published Date : 11th November 2017 |

mahara

दाङ, कार्तिक २५ । ‘चौध वर्ष अघि म यही बाटो भएर कैयौंपल्ट रोल्पा पुगेको छु । १४ वर्ष अघि हिडेको यो बाटोमा अझै पिच भएको रहेनछ’, संयुक्त बामगठबन्धनको तर्फबाट क्षेत्रनम्वर २ को प्रतिनिधि सभाका उम्मेदवार बन्नुभएका कृष्णबहादुर महराले शुक्रबार तुलसीपुर १९ कुटिचौरमा आयोजित सभालाई सम्बोधन गर्दै भन्नुभयो ।

महराले सडक पिच नभएको कुरा मात्र भन्नुभएन, दाङ बिजौरी हुँदै रोल्पाको दहवन जोडिने सडक निर्माण आफ्नो दायित्व रहेको कुरा समेत बताउनुभयो । जनयुद्धका क्रममा ३ वर्ष छिल्लीकोटकै पेरिफेरिमा कार्यालय सञ्चालन गरेर बसेको स्मरण गर्दै महराले बिजौरी जस्तो सुगम स्थानमा रहेको कुटेचौरमा मोवाइल फोनले काम नगर्नुले आफैमा लज्जाबोध भएको भन्दै तत्काल निजी क्षेत्रबाट त्यस स्थानमा टावर स्थापनाका लागि पहल गर्ने बताउनुभयो ।

नेपाल सरकारका उपप्रधानमन्त्रीसमेत रहनुभएका महराले नेपाल टेलिकमबाट समेत काम अघि बढाउन आग्रह गर्ने तर सरकारी कामकाज ढिलासुस्ती हुने भएकाले तत्कालै काम सुरु हुन नसक्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महराले ग्वार खोलामा हाइड्याम निर्माण गरेर विद्युत, खानेपानी र सिचाईका लागि उपयोग गर्न सकिने बताउनुभयो । दाङबाट आफ्नो र शंकर पोख्रेलको उम्मेदवारी समृद्व दाङको विकासका लागि भएको समेत बताउनुभयो । छिल्लीकोटमा भ्यूटावर निर्माण गर्नुका साथै पर्यटकीय स्थलकारुपमा विकास गर्न सकिने महराले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्रनम्वर २ को ख का प्रदेश सभाका उम्मेदवार अमरबहादुर डाँगीले ग्वार सभ्यता प्राग ऐतिहासिक सभ्यता भएकाले विकासमा अग्रसरता देखाउने बताउनुभयो । साथै ऐतिहासिक स्थल छिल्लीकोट र ग्वार सभ्यताको विकास गरिने बताउनुभयो । निर्वाचन परिचालन कमिटिका संयोजक अमर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेवार सुजिता शाक्यले संविधान कार्यान्वयनको चरणमा देश रहेको भन्दै महिलाहरुलाई आर्थिक समृद्विको पाटोमा समेत अघि बढाइने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष टीकाराम खड्का, नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार डिलकुमारी बुढा, सिर्जना चौधरीलगायतकाले बोल्नुभएको थियो । भीम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन कमिटीका सहसंयोजक निर्मल डाँगीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन