ताजा अपडेट

दाङमा बाम गठबन्धनको आक्रामक चुनावी प्रचार

          |   27 Views   |   Published Date : 11th November 2017 |

 

mahara गोकर्ण पौडेल,

दाङ, कार्तिक २५ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि दाङमा बाम गठबन्धन, नेपाली काँग्रेस र अन्य दलहरु आक्रामक रुपमा चुनापी प्रचारमा छन् । पार्टीगत, तथा उम्मेदवारगत रुपमा विभिन्न एजेण्डाहरुसहित पार्टीहरु जनताको घर दैलोमा पुगेर भोट माग्न थालेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनले विभिन्न योजना निर्माण गर्दै गाउँ पसेको छ, भने नेपाली काँग्रेस पनि गर कि मरको स्थितिमा गाउँगाउँमा पुगेको छ । नेपाली काँगे्रस यतिबेला बाम गठबन्धनका कारण त्रसित अवस्थामा रहेकाले आफ्नो चुनावी प्रचारका सम्पूर्ण कामहरुलाई तीब्रता दिदै आएको छ । बाम गठबन्धन पनि एमाले र माओवादीका सम्पूर्ण तह र तप्कालाई चुनावी प्रचारमा परिचालन गरेको छ ।

बाम गठबन्धनले दाङ क्षेत्रनम्वर २ का उम्मेदवारहरुले शुक्रवारदेखि गाउँकेन्द्रित अभियान सुरु गरेका छन् । क्षेत्रनम्वर २ अन्तर्गत प्रदेश क्षेत्रनम्वर २ को कुटिचौरबाट चुनावीसभा गरी उनीहरुले गाउँकेन्द्रित अभियान सुरु गरेका हुन् । शुक्रवार कुटिचौर र मानपुरमा जनसभा गरिएको छ । सभालाई सम्वोधन गर्दै उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नम्वर २ का उम्मेदवार कृष्णबहादुर महराले विकास निर्माण आफ्नो आधारभूत दायित्व भएको बताउनुभयो । दाङमा केही विकास भए पनि दीर्घकालीन सोंचका साथ विकास हुन नसकेको उहाँले बताउनुभयो । आफू बिजौरी–दहवन सडकमा धेरैपटक हिडे पनि अहिलेसम्म यो कालोपत्रे नभएको देखेपछि दुःख व्यक्त गर्दै उहाँले यसलाई जसरी पनि कालोपत्रे गर्ने बताउनुभयो ।

जनयुद्वका क्रममा ३ वर्ष छिल्लीकोटकै पेरिफेरिमा कार्यालय सञ्चालन गरेरे बसेको स्मरण गर्दै प्रतिनिधि सभा क्षेत्रनम्वर २ का उम्मेदवार रहनुभका महराले बिजौरी जस्तो सुगम स्थानमा रहेको कुटेचौरमा मोवाइल फोनले काम नगर्नुले आफैमा लज्जाबोध भएको भन्दै तत्काल निजी क्षेत्रबाट त्यस स्थानमा टावर स्थापनाका लागि पहल गर्ने बताउनुभयो । दाङबाट आफ्नो र शंकर पोख्रेलको उम्मेदवारी समृद्व दाङको विकासका लागि भएको उहाँले बताउनुभयो । छिल्लीकोटमा भ्यूटावर निर्माण गर्नुका साथै पर्यटकीय स्थलकारुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।
प्रदेश सभा क्षेत्रनम्वर २ का उम्मेदवार अमरबहादुर डाँगीले ग्वार सभ्यता प्राग ऐतिहासिक सभ्यता भएकाले विकासमा अग्रसरता देखाउने बताउनुभयो । उहाँले ऐतिहासिक स्थल छिल्लीकोट र ग्वार सभ्यताको विकास गरिने बताउनुभयो ।
निर्वाचन परिचालन कमिटिका संयोजक अमर खडकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेवार सुजिता शाक्यले संविधान कार्यान्वयनको चरणमा देश रहेको भन्दै महिलाहरुलाई आर्थिक समृद्विको पाटोमा समेत अघि बढाइने बतउानुभयो ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष टीकाराम खडका, नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार डिलकुमारी बुढा, सिर्जना चौधरीलगायतकाले बोल्नुभएको थियो । भीम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन कमिटिका सहसंयोजक निर्मल डाँगीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन