ताजा अपडेट

बाल अधिकार

        दिपक जी एम(आर्जव)   |   219 Views   |   Published Date : 15th September 2016 |

dipak

विस्थापित बालबालिकाको उत्थानको लागि बालसंगठन गठन भयो। जसमा गाउँका भद्र भलादमीहरुको सहभागिता रह्यो । गाउँका मानिसहरुलाई पनि बालअधिकार सम्बन्धी तथ्यमा सबैलाई जान्ने बुझ्ने इच्छा जाग्यो । जसको सन्दर्भमा सबै भलादमीहरुको सहभागिता रहनुका साथै त्यस गाउँका बुढाबुढीहरुपनि त्यस सभामा भेला हुन आए । बाल अधिकार हुनुका निम्ती हामी सबै जना मिलि यस गाउँबाट बाल प्रथालाई जरैदेखि उखेल्नु पर्छ र हामी सबै एकजुट भई यस निष्कर्षको पालना गर्नुपर्छ भनेर एक अर्कालाई सबैले भन्न थाले । यस कुराबाट सबैको मन्जुरी भयो । साथै यस कार्यक्रमका अध्यक्षले विशेष तरिकाबाट यस सन्दर्भमा आवाज उठाउनु भयो । र बाल प्रथाको निवारण गर्ने अठोट लिनुभयो । यसरी सभा पनि सकियो । र सबैजना आ–आफ्नो गन्तव्य तिर लागे ।
दिनहरु वित्दै गए । यसै क्रमका एकदिन अध्यक्षलाई आफ्नो घरको निम्ति एउटा काम गर्ने केटाको खाँचो प¥यो । जस स्वरुप उहाँले एउटा गरिब परिवारको रमेश भन्ने केटालाई काम गर्नको निम्ति राख्नुभयो । दिनहुँ त्यो केटाले आवश्यकता भन्दा बढी काम गर्न थाल्यो । झन् पछि झन् अध्यक्षले त्यो केटाले लदाउन थाल्नुभयो । एकछिन पनि रमेश कतै निस्किन पाउँदैनथ्यो । कतै निस्कन लाग्यो भने अध्यक्षले रमेशलाई डाँकेर गाली गलौच अनि यातना दिनुहुन्थ्यो । यसरी यातनाको सम्हार रमेशलाई दिनहुँ सहनुपथ्र्यो । एकदिन एकजना गाउँका भलादमीले अध्यक्षले रमेशलाई गरेको दुव्र्यवहार देख्यो । केही दिन पछाडी सबैजना गाउँलेहरुलाई भेला हुने बारे खबर पठाइयो । विहान सबैजना सभामा भेला भए र एकछिन पछि अध्यक्षपनि आइपुग्नु भयो । अनि सुरु भयो सम्मेलन । त्यो सन्दर्भमा एकजना गाउँले भेलाबाट उठी हाम्रो समाजमा बालबालिकाको अधिकार सम्बन्धी जुन हामीले आवाज उठाइरहेका छौं र बाल प्रथाको निवारण गर्ने हामीमाझ जुन मन्जुरी भएको थियो । त्यसको पालना गरेको जस्तो लाग्दैन मलाई भनेर त्यो गाउँलेले भन्यो । यो सुनि अध्यक्ष जुरुक्क उठेर तपाईले कहाँ देख्नुभयो बालबालिका माथि अत्याचार अनि दुव्र्यवहार गरेको भनेर प्रश्न गर्नुभयो । त्यस गाउँलेले हजुर अध्यक्षज्यू माफी पाउँ भन्दा अध्यक्षले प्रष्ट पार्नुहोस् भन्नुभयो । अनि त्यस गाउँलेले तपाई यस सभाको अध्यक्ष जसले बालबालिकाले समान अधिकार पाउनुपर्छ । यिनीहरुमाथि भएको अत्याचार, यातना, बालमजदुरीलाई रोख्नुपर्छ र यस बालप्रथालाई जरैदेखि उखेलेर फाल्नुपर्छ । अनि बालबालिका माथि कुनै पनि कुराको दवाव दिनु हुँदैन भन्नु भएको थियो । तर म हजुरको घरमा सबथोक देखेर आउँदैछु । जुन तपाईले गर्नुभएको अन्याय, अत्याचार र दुव्र्यवहार त्यस केटामाथि गर्नुभएको छ । जसलाई तपाईले काम गर्नका निम्ति आफ्नो घरमा राख्नुभएको छ । यो सब सुनी अध्यक्षले शिर निहुराउनुभयो । उता गाउँलेहरु अचम्म मान्दै अध्यक्षज्यूको अनुहार नियाल्न थाले । तर सभाका अध्यक्ष भने मौन भएर उभिराख्नु भयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१