ताजा अपडेट

दाङमा गोली चल्दा एकजना घाइते, ६ जना पक्राउ

          |   331 Views   |   Published Date : 10th September 2016 |

goliदाङ भदौ २५ । दाङमा प्रहरीको गोली लागी एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार प्रहरीको गोली लागि जिल्लाको रामपुर ९ निवासी २७ वर्षीय दानवहादुर बुढा घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बुढालाई दाहिने खुट्टामा गोली लागेको र उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको जानकारी दिनुभयो । प्रहरीका अनुसार शुक्रवार राति साढे १२ बजे तुलसीपुर–घोराही सडक खण्डको ग्वारखोला नजिकै पाँचजनाको संख्यामा रहेका गुण्डाहरुको समुहले गस्तिमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरेका थिए ।

जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको भन्दै प्रहरी प्रमुख सिंहले घटनास्थलबाट दुईथान खुकुरी र प्रहरीलाई आक्रमण गर्ने थप पाँच जना युवाहरुलाई पनि पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउपर्ने अन्य पाँचजनामा दाङको रामपुर गाविस वडा नं। ९ निवासी २१ वर्षीय रमेश अधिकारी, सोही ठाँउ निवासी १९ वर्षीय उपेन्द्र गिरी, सोही ठाउँकै २२ वर्षीय किरण पोख्रेल र तुलसीपुर नगरपालिका वडा नं। १५ निवासी सागर श्रेष्ठलाई पक्राउ गरिएको एसपी सिंहले जानकारी दिनुभयो ।

सागर कटेज सञ्चालक हुन् । प्रहरीले थप एक जनालाई शनिवार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको विजौरी निवासी ३५ वर्षीय मुकुन्द पौडेल छन् । उनी घटना हुँदा होटेलमा वसेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएकोले उनको संलग्नता भएनभएको भन्न नसकिने प्रहरीले बताएको छ ।

एसपी सिंहले गोली लागेर घाईते भएका बुढा यसअघिपनि विभिन्न व्यापारीलाई फोनमा धम्किदिने र रकम असुल्ने व्यक्ति भएको खुल्न आएको जानकारी दिनुभयो । उहाँले ग्वारखोलामा हुँदै आएको अबैद्य वालुवा गिट्टी उत्खननमा सघाउन आएका युवाहरु हुन कि भन्ने प्रारम्भिक अनुमान गरिएको जानकारी पनि दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१