ताजा अपडेट

सल्यानको सल्ली बजारदेखि रुकुम चौरजहारीसम्म सञ्चालन

          |   167 Views   |   Published Date : 8th September 2016 |

Salyan-Map-430x316दाङ भदौ २३ । सल्यानको सल्ली बजारदेखि रुकुम चौरजहारीसम्म सञ्चालन हुने यातायातका साधनले अस्थायी रुट परमिट नलिँदा समस्या भएको छ ।

सल्यानको सल्ली बजारदेखि रुकुम चौरजहारीसम्म सञ्चालन हुने यातायातका साधनले अस्थायी रुट परमिट नलिँदा समस्या भएको हो ।
बिगतमा रुट परमिट लागु नहँुदा निर्वाधरुपमा सञ्चालन भएका यातायातका साधन अहिले उक्त नियम लागु भएपछि सञ्चालनमा आउन नसक्दा सर्वसाधारण समस्यामा परेका हुन् । रुट परमिटको नियम अनिवार्य गरिएपछि नेपालगञ्जदेखि चौरजहारी चल्ने राप्ती र भेरी बस व्यवसायी समिति, रुकुम प्रालि, चौरजहारी यातायात, बागेश्वरी सार्वजनिक यातायातलगायतका आधा दर्जन समितिका गाडीहरु सञ्चालनमा आउन सकेका छैनन् ।

ठाउँठाउँमा प्रहरीले जाँचमा कडाइ गरेपछि उक्त सडकखण्डमा छिटफुट मात्रै गाडी सञ्चालनमा आएका छन् । सल्ली वजारस्थित ट्राफिक प्रहरी पोष्टका अनुसार उक्त सडकखण्डमा अस्थायी रुट परमिट लिनुपर्ने भएपनि अधिकांश गाडीहरुले परमिट नलिएको पाइएपछि गाडीहरु सल्लीबजारबाटै फिर्ता गरिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१