ताजा अपडेट

श्रममा लागेका बालबालिकालाई पुनःस्थापना गर्नेे तयारी

          |   279 Views   |   Published Date : 8th September 2016 |

dang newsओपेन्द्र बस्नेत,
तुलसीपुर, भदौ २३ । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यु सिपीसी) ले विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई पुनःस्थापना गर्ने तयारीमा जुटेको छ । तुलसीपुर बजारका होटल, ग्रील उद्योग, घर निर्माण , मासु मार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्षमुनिका बालबालिकालाई पुनःस्थापना गर्ने तयारीमा जुटेको हो ।

जस अन्तर्गत ती बालबालिकाका अभिभावलाई बोलाएर व्यवसायिक परामर्श समेत गरेको न्युसीपीसीका अध्यक्ष नवराज लामीछानेले बताउनुभयो । बालबालिकालाई अभिभावको जिम्मा लगाएर उनीहरुलाई विद्यालय पठाउने र त्यसका लागि आर्थिक सहयोग पनि गर्ने संस्थाले जनाएको छ । ती बालबालिकालाई विद्यालय पठाउन किताब, कापी कलम, झोला, स्कुल पोशाक उपलब्ध गराउनुका साथै केही आर्थिक रकम पनि प्रदान गर्ने अध्यक्ष लामिछानेले बताउनु भयो ।

सामान्य व्यवसाय सञ्चालन गर्नका लागि शैक्षिक सामग्री बाहेक प्रतिव्यक्ति ८ हजारका दरले आर्थिक सहयोग गरिने छ । उक्त आर्थिक रकम बालबालिकाका अभिभावकले आयआर्जनमुखी काममा लगाउने छन् । व्यवसायिक परामर्शमा सहभागी भएका अभिभावकले आफूले प्राप्त गरेको पैसाले खुद्रा पसल, चार्ट पसल, बंगुरपालनलगायतका आयआर्जनमुखी काममा खर्च गर्ने बताएको सामाजिक परिचालक प्रकाश केसीले बताउनु भयो ।

यसवर्ष विभिन्न खाले श्रममा काम गरिरहेका ३५ जना बालबालिलाई परिवारमा पुनःस्थापना गर्ने लक्ष्य लिएको न्युसीपीसले पहिलो चरणमा बिहीबार २१ जना बालबालिकालाई अभिभावको जिम्मा लगाउँदै छ । बालश्रम तथा बाल संरक्षण कार्यक्रमअन्तर्गत २०१२ देखि तुलसीपुर नगरपालिका र न्युसीपीसीको संयुक्त साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ । २०१७ सम्म तुलसीपुर नगरलाई बालमैत्री नगर घोषणा गर्ने उद्देश्य अनुरुप अभियानलाई तीब्रता दिइएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१