ताजा अपडेट

दाङको सिचाईका लागि दश अर्ब बजेट ल्याउँछु–मन्त्री गिरी

          |   324 Views   |   Published Date : 8th September 2016 |

deepak giri dangओपेन्द्र बस्नेत, दाङ, भदौ २३ । सिचाई मन्त्री दीपक गिरीले दाङको खेतीयोग्य जमिनमा सिंचाइ गर्नका लागि १० अर्ब बजेट ल्याउने दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गिरीले गएको वर्ष मात्रै सिचाई मन्त्रालयमा १ सय २४ अर्ब पैसा बचेकोले एक वर्षसम्म रातदिन काम गरेर भए पनि उक्त रकम दाङमा ल्याउने बताउनुभएको हो ।

कुलादेखि पुल हँुदै सडकको स्तरोन्नतिलगायतका योजनालाई प्रथामिकतामा राखेर काम गरिएको भन्दै उहाँले दाङको सिचाईको विकासका लागि उल्लेख्य काम गर्ने बताउनुभयो । जिल्लाका सयांै बिगाहा जमिन सिचाई सुविधाबाट वञ्चित भई बाझै रहेको आफूले देखको भन्दै गिरीले ती खेतहरुलाई सिञ्चित गर्नु आफ्नो पहिलो कार्यभार रहेको बताउनुभयो । समग्र दाङ जिल्लालाई कसरी सिचाई सुविधा उपलव्ध गराउन सकिन्छ र यहाँको कृषिको विकास गर्न सकिन्छ भन्नेमा आपूm चिन्तनशील रहेको भन्दै मन्त्री गिरीले आफूलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

अर्को प्रसंगमा बोल्दै मन्त्री दीपक गिरीले वर्तमान सरकारको प्रमुख कार्यभार संविधान कार्यान्वयन गर्नु नै रहेको भन्दै सबै नेपालीहरुको अपनत्व हुने गरी संविधान संशोधन गरेर संविधान कार्यान्वयन गर्ने तयारीमा सरकार लागिपरेको बताउनुभयो । संविधानसँग नेपाली जनताहरुको भविष्य जोडिएको चर्चा गर्दै मन्त्री गिरीले यसलाई सबैले स्विकार्ने बनाउनुपर्ने बताउनुभयो । राजनीतिक सहमति विना संविधान कार्यान्यन सम्भव नभएको भन्दै मन्त्री गिरीले भन्नुभयो, ‘संविधान कार्यान्व्यनका लागि राजनीतिक सहमति आवस्यक छ । कम्तिमा पनि संविधान जारी गर्दाका ठूला तीन दल सहमतिमा आउनुपर्छ । यसका लागि सरकारले पहल गरिरहेको छ ।’

कृषिप्रधान देश नेपालमा सिचाईको अभावमा अपेक्षित उत्पादन हुन नसकेको चर्चा गर्दै मन्त्री गिरीले भन्नुभयो, ‘नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन एकीकृत सिचाई आयोजनाको आवस्यकता महसुस भएको छ । जसका लागि सरकार लागिपरेको छ ।’ स्रोतसाधन र आवस्यकतालाई मध्यनजर गरी तात्कालिन र दीर्घकालिन सिचाई परियोजना सुरु गर्ने मन्त्री गिरीको भनाई थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका गिरीले पार्टी सभापति शेरबहादुर देउवाले एकताको कुरा गरे पनि पार्टीभित्र गडबड रहेको बताउनुभयो । गुट–उपगुटले पार्टीको हित नहुने भन्दै उहाँले यसको अन्त्य गर्नु पर्ने बताउनुभयो । ‘लोकतन्त्रमा चुनाव प्रणालीमा उम्मेदवार बढी भएमा जीताउन केहि समयका लागि गुटउपगुट होला । उक्त गुटउपगुट त्यसैबेला सक्नुपर्छ’, गिरीले भन्नुभयो, ‘नत्र यसले पार्टीलाई दीर्घकालसम्म असर पु¥याउँछ ।’

देउवा धेरै पटक प्रधानमन्त्री भएको र पार्टीको सभापति पनि भएकाले उहाँका लागि गुटउपगुटको आवश्यक नरहेको मन्त्री गिरीले बताउनु भयो । महामानव विपी कोइरालाको काठमाडौँ खाल्टोभरि नै शालिक नभएको प्रति दुःख व्यक्त गर्दै गिरीले मन्त्री भएपछि पार्टी कार्यालयमा पुगेर विपीको फोटोमा माल्र्यापण गर्ने पहिलो मन्त्री आफू भएको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद डिल्लीबहादुर चौधरीले दाङले अब बाढी र पहिरो सहन नपर्ने बताउनुभयो । बाढी र पहिरो जाने स्थानमा तटबन्ध निर्माण गरी यसलाई रोक्नुपर्ने उहाँको धारणा थियो । दाङले सिचाई मन्त्री पाउनु गौरव र अवसरको विषय भएको भन्दै सांसद चौधरीले अफूहरुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

युनियनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री गिरी, नेविसंघका नव निर्वाचित केन्द्रीय सदस्य बिजय गौतम र अर्चना रेग्मीलाई स्वागत एवं सम्मान गरिएको थियो । युनियनका सहसचिव बालाराम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण युनियनका सचिव देवेन्द्र बस्नेतले गर्नुभएको थियो ।

मन्त्री गिरीलाई ५१ किलोको माला
मन्त्री भएपछि पहिलोपल्ट दाङ आउनुभएका सिचाई मन्त्री गिरीलाई तुलसीपुर उद्योग वाणिज्य संघले ५१ किलोको मालाले सम्मान गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीको सम्मान एवं स्वागतमा संघले बुधबार आयोजना गरेको कार्यक्रममा संघका पदाधिकारीहरूले उहाँलाई उक्त माला लगाई दिएका हुन् । मन्त्री गिरीलाई सम्पूर्ण व्यवसायीहरुको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य संघले यस्तो सम्मान गरेको हो ।

उक्त अवसरमा बोल्दै मन्त्री गिरीले तुलसीपुर एयरपोर्ट सुचारु गर्न आफूले पहल थाल्ने बताउनुभयो । पर्यटन मन्त्रीसँग कुरा गरेर चाँडै एयरपोर्ट सुचारु गर्नतर्फ लाग्ने उहाँको भनाइ थियो । तुलसीपुर–सुर्खेत सडक खण्डको केहि ठाउँमा कालोपत्रेको काम भइरहेको भन्दै मन्त्री गिरीले बाँकी स्थानमा समेत सडक कालोपत्रे गर्ने बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव नेत्रलाल वलीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१