ताजा अपडेट

गायिका भूमिका गिरीले नरिसाउन सानु गीत गाएपछि……..

          |   251 Views   |   Published Date : 6th September 2016 |

19शरद रेग्मी,  तुलसीपुर भदौ २१ । दाङको तुलसीपुरमा सुरु भएको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियान मंगलबार तेस्रो हप्तामा नगरबासीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाले संयुक्त आयोजना एवं दर्जनौं सामाजिक संघसंस्था, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज र विभिन्न टोलहरुको सहकार्यमा सञ्चालन भइरहेको क्लीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानलाई सहयोग गर्न भन्दै चर्चित गायिकाहरु भुमिका गिरी र सविना भटृराई क्लीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा सहभागी हुनुभएको थियो ।


बिहान ७ः३० वजेबाट हरेक हप्ताको मंगलबार तुलसीपुरको बिरेन्द्र चोकबाट सुरु हुने सरसफाई अभियानअन्तर्गत मंगलबार तेस्रो हप्ता २१ गते ‘ख’ लाइन ‘घ’ लाइनमा सरसफाई गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिनुभयो । त्यस्तै सरसफाईपछि आयोजित समापनका अवसरमा चर्चित गायिका भुमिका गिरीले नरिसाउन कान्छु एकै छिनमा आउँछु बोलको गीतमा सरसफाई अभियानमा सहभागी भएका सरसफाई अभियन्ताहरुलाई छमछम्ती नचाउनुभएकी थियो ।

उहाँले सरसफाई अभियानले तुलसीपुरको नाम उच्च राख्न सहयोग पुग्ने भन्दै यो अभियानमा जुट्न सबै नगरबासीहरुलाई गीतको माध्यमबाट अनुरोध समेत गरेकी छन् । महिलाहरुको महान् चाड तीस पर्व अन्तर्गत मंगलबार पञ्चमी तिथी परेको अवसरमा गायिका गिरीले आफ्नै तीजको गीत र अर्को तिउन मिठो बनायो चुकैले बोलको गीतमा तुलसीपुरबासीहरुलाई छमछम्ती नचाउनुभएको थियो ।

सरसफाई अभियानमा बोल्दै नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले सरसफाई अभियान तुलसीपुरका लागि महत्वपूर्ण अभियान भएको भन्दै यसमा सबैको सहयोग र सहकार्य अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले सरसफाईले आफू र आफ्नो नगरको सभ्यताको परिचय दिने भन्दै सबैले आफ्नो सरसफाई आफै गर्नुपर्ने धारणा राख्नुभयो । सरसफाई अभियानको तेस्रो हप्ताको अगुवाई साझेदार संस्था रोट्रयाक्ट क्लव तुलसीपुरले गरेको थियो, भने यस अघि गरिएको ‘क’ लाइनको सरसफाईको अनुगमन तुलसीपुर नगरजेसीसले गरेको थियो ।

सरसफाई अभियानमा मंगलबार तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, विभिन्न राजनीति दलका नेताहरु, उद्योगी, व्यापारी व्यवसायी, टोल विकास संस्थाहरु, सुरक्षाकर्मी, महिला अधिकारकर्मी, यातायात व्यवसायी, पूर्व प्रहरी संगठन, पत्रकारलगायत तुलसीपुर नगरबासीहरुको उल्लेखित सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण महासचिव नेत्रलाल वली ले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन