ताजा अपडेट

मेनपावर व्यवसायी यादव सैघाली बसे जिप्रकाभित्रै अनसन

          |   181 Views   |   Published Date : 15th August 2016 |

14017893_1682790108712730_1390305991_nदाङ साउन ३१ । मेनपावर व्यवसायी यादव सैघालीले जिल्ला अस्पतालभित्रै अनसन सुरु गर्नुभएको छ । सैघालीकी जीवनसंगीनी निमा सुनारले आज घोराहीमा पत्रकार सम्मेलन गरी प्रहरीले लगाएको झुठो मुद्दा खारेजीको माग विगत चार दिनदेखि आफ्नो श्रीमान सैघालीले अनसनको थालनी गरेको जानकारी दिनुभयो ।

श्रीमानले लेखेको पत्र पढेर सुनाउँदै निमा सुनारले प्रहरीले भेट्न बोलाएर श्रीमानलाई हिरासतमा राखेको जानकारी दिनुभयो । ‘जिल्ला प्रहरी कार्यालय दाङबाट भेट्न भनि बोलाएपछि जिप्रका पुग्नुभएका मेरो श्रीमानलाई हिरासतमा राखिएको छ । प्रहरी जवान हस्त साउदलाई कुटपिट गरेको झुठो मुद्दा लगाइएको छ’, सैघालीकी जीवन संगीनी निमाले भन्नुभयो, ‘अनसनमा बस्नुभएका मेरो औषधीको भरमा बाँचिरहनुभएको छ ।

ग्यास्टिक र पत्थरीको समस्याले ग्रस्त सैघालीलाई प्रहरीले दिनको ३ पटक अस्पताल लैजाने गरेको छ । सैघालीले पत्रकारहरुलाई सम्बोधन गरी लेखेको पत्रमा प्रहरी जवान कुटेको व्यहोरा उल्लेख गरेको पत्रमा हस्ताक्षर नगरे आफूलाई अझै ठूलो मुद्दा लगाउने धम्की प्रहरीबाट आइरहेको उल्लेख गरिएको छ ।

प्रहरी प्रमुखले भेट्न बोलाएपछि आफ्नै गाडीमा चढेर आफू जिल्ला प्रहरी कार्यालय आइपुगेको भन्दै सैघालीले प्रहरीको विशेष टोलीले पकडेको भन्ने समाचार प्रकाशन गरेकोमा आपत्ती प्रकट गर्नुभयो । ‘प्रहरी प्रमुखले मलाई भेट्न बोलाउनुभएको थियो या होइन, म आफ्नो गाडीमा चढेर जिप्रका आएको हो या प्रहरीले पक्राउ गरेको हो भन्ने सब प्रमाण मेरो अफिसमा रहेको सिसि क्यामेरामा छ’, सैघालीले लेखेको पत्रमा भनिएको छ, ‘मलाई लगाएको झुठो मुद्दा खारेज नहुँदासम्म मेरो अनसन जारी रहने छ ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन