ताजा अपडेट

फाइनलका लागि २५ जना छानिए

          |   212 Views   |   Published Date : 14th August 2016 |

Semi finalistदाङ, साउन ३० । राप्ती अञ्चलस्तरीय नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ३ को फाइनलमा २५ जना छानिएका छन् । शनिबार घोराहीमा भएको सेमी फाइनलबाट फाइनलका लागि छानिनेहरुमा सर्चिता केसी, अञ्जली विसी, सुप्रिया देवकोटा, बबिसा बस्नेत, अभिसा शर्मा, मनोज श्रेष्ठ, दक्षिणा सिंह, सुप्रिया पाण्डे, नरेन्द्र चौधरी चयन हुनुभएको छ ।

त्यस्तै करिना डाँगी, सरु गुरुङ, सन्ध्या अधिकारी, सपना भण्डारी, सुष्मा केसी, प्रतीक्षा डिसी, पुष्पाञ्जली नेपाली, कमला विक, निर्मला पुन, यशु चौधरी, अनुशा पुन, जेलिसा चौधरी, अस्मिता गिरी, रवि चौधरी, प्रभा अधिकारी र बिनिता पुरी चयन हुनुभएको छ । निर्णायकहरुमा नृत्य प्रशिक्षक सुशीला थापा पोख्रेल, जीवन बुढाथोकी र सनोद थापा हुनुहुन्थ्यो ।

आयोजक संस्था उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक केएल पीडितको अध्यक्षता तथा उत्सर्ग डान्सिङ स्टार समीक्षा पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण मोडेल हिमा थापाले गर्नुभएको थियो ।
बिगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणमा सवा दुई सय नृत्य प्रतिभाहरुले भाग लिएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई रु. ५० हजारको पुरस्कार राखिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन