ताजा अपडेट

पर्शुरामद्वारा अदालतको मानहानी बिरुद्धको मुद्दा दर्ता

          |   553 Views   |   Published Date : 14th August 2016 |

Jaya-parsuramदाङ साउन ३० । नेपाली कथानक चलचित्र पर्शुरामले अदालतको मानहानी बिरुद्धको मुद्दा दर्ता गरेको छ । ‘रेदाअंश फिल्मस् सिने आर्ट’ ले अदालतको आदेशको उल्लङ्घन गर्दै चलचित्र ‘जय परशुराम’ प्रदर्शनमा ल्याएपछि चलचित्र निर्माण कम्पनीलगायत आधा दर्जन व्यक्ति एवं संघसंस्थाका बिरुद्ध आदालतको मानहानीको मुद्धा दर्ता गरिएको चलचित्र पर्शुरामका कार्यकारी निर्माता सविन प्रियासनले जानकारी दिनुभयो ।

चलचित्र प्रतिलिपि अधिकार दाबीसहित चलचित्र पर्शुरामको निर्माण कम्पनी ‘ब्लाक चिल्ली आर्ट फिल्मस’ ले दायर गरेको मुद्दाको किनारा लगाउँदै पुनरावेदन अदालतले प्रशारण रोक्न जारी गरेको आदेशको उल्लङ्घन गर्दै साउन २८ गते जय पर्शुरामले चलचित्र प्रदर्शनमा ल्याएपछि जय पर्शुराम चलचित्र पर्शुराम युनिटले अदालतको मानहानी बिरुद्धको मुद्दा दर्ता गरेको हो । जय पर्शुरामका निर्माता÷निर्देशक रोज राना, ‘रेदाअंश फिल्मस् सिने आर्ट’, नेपाल चलचित्र विकास बोर्ड, चलचित्र विकास बोर्ड सञ्चालक समिति, चलचित्र विकास समिति सञ्चालक र समितिका अध्यक्ष राजकुमार राईका बिरुद्ध मुद्दा दर्ता गरिएको प्रियासनले जानकारी दिनुभयो ।

पर्शुरामका कार्यकारी निर्माता प्रियासनका अनुसार उपत्यकाको बितरक बालाजु प्रालिका सुनिल मानन्धर, श्रीकृष्ण फिल्मस्का केदार पराजुली र सूचना तथा सञ्चार मन्त्रालय चलचित्र जाँचपाच समितिको बिरुद्धमा अदालतको मानहानी बिरुद्धको मुद्दा दर्ता गरिएको छ । पुनरावेन अदालत ललितपुरमा दर्ता गरिएको मुद्दाको यही मिति २०७३ साल साउन ३२ गते १० वजे सुनुवाई हुने जनाइएको छ ।
पुनरावेदन अदालत पाटनले तत्कालका लागि फिल्म प्रदर्शन नगर्न भन्दै गत मंगलबार जय पर्शुराम युनिटको नाममा अन्तरिम आदेश जारी गरेको थियो । ‘ब्लाक चिल्ली आर्ट फिल्मसले रोज राणाको ‘रेदाअंश फिल्मस् सिने आर्ट’ र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर हालेको मुद्दा मा न्यायाधीस जीवनहरि अधिकारीको एकल इजलासले परशुराम नाम गरेका कुनै पनि फिल्म प्रदर्शन, प्रचार नगर्न अन्तरिम आदेश दिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन