ताजा अपडेट

दुई हप्तापछि घोराही–होलेरी सडकमा यातायात सुचारु

          |   344 Views   |   Published Date : 12th August 2016 |

ghorahi-holeriदाङ साउन २७ । पहिरोका कारण झण्डै २ हप्तासम्म अवरुद्ध बनेको घोराही–होलेरी सडकखण्डमा गाडीहरु चल्न थालेका छन् । सो सडक खण्डको सैघा गाविस –२ मखखोलामा खसेको पहिरो हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका हुन् ।

उक्त स्थानमा ठूलो पहिरो खस्दा झण्डै १५ दिनसम्म गाडी नचल्दा सर्वसाधारणले सास्ती खेपेका थिए । अहिले उक्त सडकखण्डमा ठूला–साना गाडीहरु आवतजावत गरिरहेको प्रहरी चौकी दुईखोलीले जानकारी दिएको छ । प्रहरी चौकी दुईखोलीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक दत्तबहादुर रसाइलीका अनुसार पहिरो हटाएर यातायात सञ्चालन गरिए पनि जोखिम भने कायम रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१