ताजा अपडेट

ग्वारखोलाले बगाएका तीनै जनाको सनाखत

          |   261 Views   |   Published Date : 12th August 2016 |

tractorsदाङ, साउन २८ । ग्वारखोलामा बगी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  ग्वार खोलामा आएको बाढीले  बगाउँदा हिजो दुईजना पुरुष र एकजना महिला मृत्यु भएको थियो ।


तुलसीपुरबाट बिजौरीतर्फ आउँदै गरेको रा १ त ११४२ नम्वरको टे«क्टरलाई खोलाले बगाउँदा त्यसमा सवार तुलसीपुर नगरपालिका १८ का ५३ वर्षिय जीतबहादुर नेपाली, तुलसीपुर १७ खुम्खानीका ७० वर्षीय जुद्धबहादुर विक र रोल्पा झेनाम स्थायी घर भर्इ हाल विजौरीको कुटिचौरमा बस्दै आएकी ६५ वर्षिया राजिमा पुन मगरको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले मृतक नेपाली र बिकको हिजो सनाखत भएपनि पुनमगरको आज बिहान मात्रै सनाखत भएको जानकारी दिनुभयो  ।टे«क्टर खोलाले बगाउँदा त्यसमा सवार नेपाली सहित थप ६ जनालाई बाढीले बगाएको थियो । बाढीले बगाएका मध्ये ३ जनालाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रहरीले ट्रेक्टरमा सवार थप दुई जना व्यक्ति घाईते भएको र उनीहरुको उपचार राप्ती अञ्चल अस्पतालमा भइरहेको जानकारी दिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तुलसीपुर  १५ का २० वर्षीय पुरन विकको अवस्था गम्भिर छ । उनको छातिमा चोट रहेको प्रहरीले बताएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन