ताजा अपडेट

जय पर्शुरामका बिरुद्ध पर्शुरामले कडा कदम चाल्ने

          |   999 Views   |   Published Date : 11th August 2016 |

Jaya-parsuramदाङ साउन २७ । बिराज भट्ट अभिनित चलचित्र ‘जय परशुराम’ भोलिदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएपछि ‘पर्शुराम’ युनिटले कडा कदम चाल्ने भएको छ । पुनरावेदन अदालत पाटनले तत्कालका लागि फिल्म प्रदर्शन नगर्न जय पर्शुराम युनिटको नाममा अन्तरिम आदेश जारी गरेको समयमा अदालतको आदेशलाई लत्याएर फिल्म प्रदर्शनमा ल्याइए चलचित्रको निर्माण युनिट र फिल्म प्रदर्शन गर्ने सिनेमा हलका बिरुद्ध मानहानीको मुद्दा हालिने चलचित्र पर्शुरामका कार्यकारी निर्माता सविन प्रियासनले जानकारी दिनुभयो ।

‘रेदाअंश फिल्मस् सिने आर्ट’को ब्यानरमा निर्माण भएको ‘जय परशुराम’ माथिको प्रतिलिपि अधिकार दाबी सहित ‘ब्लाक चिल्ली आर्ट फिल्मस’ ले दायर गरेको मुद्दाको मंगलबार फैसला गर्दै अदालतले प्रदर्शनमा रोक लगाएको थियो । ‘ब्लाक चिल्ली आर्ट फिल्मसले रोज राणाको ‘रेदाअंश फिल्मस् सिने आर्ट’ र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर हालेको मुद्दा मा न्यायाधीस जीवनहरि अधिकारीको एकल इजलासले परशुराम नाम गरेका कुनै पनि फिल्म प्रदर्शन, प्रचार नगर्न अन्तरिम आदेश दिएको थियो ।

यता अदालतको आदेशलाई लत्याएर ‘रेदाअंश फिल्मस् सिने आर्ट’ ले पूर्व निर्धारित मिति भोलि नै चलचित्र जय पर्शुराम प्रदर्शनको तयारी गरेको छ । चलचित्रका निर्देशक रोज रानाले देशभरका ८० बढी चलचित्रमा एकैसाथ चलचित्र प्रदर्शनमा ल्याउने जनाइरहँदा ‘ब्लाक चिल्ली आर्ट फिल्मस’ ले अदालतको मानहानीको विषयलाई उठाउँदै निर्मातादेखि हल सञ्चालकसम्म सबैका नाममा मुद्दा हाल्ने तयारी गरेको कार्यकारी निर्माता प्रियासनले जानकारी दिनुभयो ।

आफूहरुले तीन वर्षअघि चलचित्र विकास बोर्डबाट ‘परशुराम’ नामक फिल्म निर्माणको अनुमति लिएको जनाउँदै प्रियासनले विकास बोर्डले चलचित्र निर्माण तथा प्रचार–प्रसार सम्बन्धी नियम बिपरित रोज राणाले बनाएको ‘जय परशुराम’ लाई अनुमति दिएकामा आपत्ती प्रकट गर्नुभयो ।

कुनै फिल्मको नाम अघि नयाँ शब्द थपेर त्यही नाममा फिल्म बनाउँन नपाइने नियम छ । तर, राणाले ‘परशुराम’ माथि जय थपेर ‘जय परशुराम’ बनाएका छन् । स्मरण रहोस् अदालतले तत्कालका लागि प्रर्दशन रोकेर दुबै पक्षलाई थप बहसका लागि मंसिर १ गते बोलाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन