ताजा अपडेट

विद्यालय व्यवस्थापन समितिको उदाहरणीय कार्य
नेतृत्वमा ईच्छाशक्ति भए संस्थामा कायापलट ल्याउन सकिन्छ

          |   675 Views   |   Published Date : 7th August 2016 |

madan shahदीपकसंगम थापा,
रुकुम साउन २३ । हरेक सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हुन्छ । उक्त विद्यालयहरुमा अध्यक्ष को हुने भन्ने विषयमा तँछाडमछाड र प्रतिस्पर्धा पनि हुन्छ । विशेषगरी राजनैतिक दल सम्बद्ध अभिभावकहरुको यस्तो प्रतिस्पर्धा हुने गरेको छ ।
विद्यालय व्यवस्थापन समितिमा रहन पनि कडा प्रतिस्पर्धा हुनु नौलो कुरा नभए पनि विव्यस चुनावमा भने राजनीतिक दल सम्बद्ध प्यानल बनाएर चुनावमा उठ्नु नौलो कुरा हो । अहिलेसम्म विव्यसका विभिन्न चुनावमा काँग्रेस, एमाले र माओवादी केन्द्र समर्थित व्यक्ति मात्र चुनाव लड्ने र चुनाव उनैले जित्ने परिपार्टी छ । तर, रुकुमको रुकुमकोट गाविसस्थित रुक्मिणी उच्च माध्यमिक विद्यालयमा भने काँग्रेस, एमाले र माओवादी मात्र ठूला हुने भन्ने सोचाईलाई एक परिणामले गलत सावित गरिदियो । राजनैतिक दलहहरु भन्दा विद्यालयलाई स्वच्छ काम गर्ने व्यक्ति, कामकाजी र दीर्घकालिन सोच भएको व्यक्ति चाहिन्छ भन्ने कुरा प्रमाणित गरिदिए–त्यहाँका अभिभावकले ।

दुई वर्षअघि भएको विद्यालय व्यवस्थापन समितिको चुनावमा काँग्रेस, एमाले र माओवादी जस्ता बलिया भनिएका पार्टी सम्बद्धहरुको प्यानललाई एक्लैले चुनाव हराइदिए र अध्यक्षमा निर्वाचित भए । रुकुमकोटस्थित रुक्मिणी उच्च माध्यमिक विद्यालय रुकुमकोटको विद्यालय व्यवस्थापन समितिको चुनावमा निर्वाचित भई विद्यालयको समग्र अवस्थालाई माथि उठाउने अरु कोही नभएर युवाव्यक्ति एवं सफल अध्यक्ष हुनुहुन्छ–रुकुमकोट निवासी मदन शाह ।

रुकुमकोट गाविसमा जन्मिएका युवा अध्यक्ष मदन शाह पेशाले समाजसेवी, संघसंस्थामा काम गर्ने एवं सानातिना ठेक्कापट्टाका काम गर्ने व्यक्ति हुनुहुन्छ । उहाँका बुबा लोकेन्द्रबहादुर शाह पूर्व जिविस सभापति एवं राप्रपा नेपाल समर्थित एक नेता पनि । बुबा राजनीतिमार्फत समाज सेवामा लागेपछि छोरा पनि राप्रपा नेपाल समर्थित नै हुनुहुन्छ । तर, विद्यालयको चुनावमा भने राजनीतिको कुनै प्रवाह नगरी अधिकांश अभिभावकहरुले मदन शाहलाई नै भोट हालेर जीताए ।
उनै मदन शाहलाई जीताउनुको प्रमुख कारण थियो, पुराना पार्टीकाहरुले विद्यालयमा केही काम नगरेको, राजनीति मात्र गर्न खोज्ने र

विद्यालयमा युवा अध्यक्ष बनाउनु रुकुमकोटबासीको सपना थियो । रुकुमकोटबासीले राप्रपा नेपाल या कुनै दल सम्बद्ध भन्दा पनि व्यक्ति विशेष र व्यक्तिले विद्यालयमा काम गरेर देखाउने तत्परता देखेर नै निर्वाचित गरिएको रुकुमकोटबासी बताउँछन् । रुकुमकोटस्थित पुराना शिक्षक शेरबहादुर मल्लका अनुसार अब गाउँगाउँमा पनि पार्टी भन्दा पनि कसले काम गर्छ भन्ने कुरालाई हेर्न थालेको बताउनुहुन्छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएको दुईवर्ष पुग्दा नपुग्दै अध्यक्ष मदन शाहले अभिभावक, विद्यालय परिवार र विद्यार्थीले सोचेको जस्तै विद्यालयलाई एउटै कार्यकालमा माथि उठाउन सफल हुनुभएको छ । मदन शाह विद्यालय व्यवस्थापन समितिको चुनाव अध्यक्षमा निर्वाचित भएदेखि विद्यालयले धेरै परिवर्तनको काँचुली फेरिसकेको छ । उहाँ अध्यक्ष भएदेखि विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाई प्रक्रिया, अभिभावक सम्बन्ध, विद्यालय सुधार एवं विद्यार्थी सिर्जनशिलता लगायतका कुराहरुमा व्यापक परिवर्तन भएको छ ।

मदन शाह अध्यक्ष भएदेखि विद्यालयको शिक्षण सिकाई क्रियाकलापमा धेरै सुधार भएको छ । यसको उदाहरणका रुपमा एस.एल.सी एवं उच्च शिक्षाका विभिन्न ढोकाहरुले पनि देखाएका छन् । पहिलेको भन्दा अहिले ३० प्रतिशतले बढी उतीर्ण प्रतिशत बढेको पाईन्छ । त्यस्तै पहिले विद्यार्थी, शिक्षक र अभिभावकहरुमा गैरजिम्मेवार व्यवहारहरु हुने गरेकोमा अहिले पुरौ परिवर्तन भएको छ । विद्यार्थी, शिक्षक र अभिभावहरु पनि जिम्मेवार बन्दै शिक्षण सिकाईमा पूर्ण रुपमा साथ दिएका छन् ।

विद्यालयको समग्र परिवर्तन ल्याउन अहिले विद्यालय आचारसंहिता बनाइएको छ । विद्यार्थी, शिक्षक र अभिभावहरुलाई मान्य हुने गरी आचारसंहिता बनाइएको छ । विद्यार्थी विद्यालयमा गएर भएमा किन भयो ? विद्यार्थीदेखि अभिभावकसम्मा जानकारी गराइन्छ, विद्यार्थीको मनपरी भए उसलाई सम्झाई बुझाई गरिन्छ, यदि अभिभावकको कमजोरी देखिए स्पष्टिकरण दिनुपर्दछ । अहिले विद्यालय हाताभित्र कुनै पनि विद्यार्थी, शिक्षक र व्यक्तिले मोवाइल बोक्न, सुर्ती पुकार खान र उच्छृङ्खल कार्य गर्नमा पूर्ण रोक लगाइएको छ । आवश्यक काम परे शिक्षकलाई जानकारी गराएर मात्र फोन गर्न पाइन्छ । शिक्षकहरुलाई पनि त्यस्तै नियम बनाइएको छ । शिक्षकहरुले पनि नियमित पढाउनुपर्ने, शिक्षण समयमा मोवाइल खेलाउन नपाइने, बाहिरी पोसाकमा आउन नपाइने, समयमै स्कुलमा आउनुपर्ने जस्ता साझा नियमहरु बनाइएका छन् । पछिल्लो पटक सबै विद्यार्थीहरु र शिक्षकहरु नियमित विद्यालय आउने र पढाई लेखाईमा पनि ध्यान दिने गरेको पाइएको छ । त्यतिमात्र नभएर अहिले विद्यालयको भौतिक पूर्वाधारमा पनि वृद्धि भएको छ ।

पहिले पहिले विद्यार्थीहरु भुइमै बसेर पढ्न बाध्य थिए । तर, अहिले सबै विद्यार्थीहरु डेस्क, वेञ्चमा बसेर पढ्न पाएका छन् । अहिले विद्यार्थीहरु चर्को घाम र चुहिने छानादेखि टाढा छन् । अहिले विद्यार्थीहरुको सिर्जनशीलतामा पनि बृद्धि भएको छ । विद्यालयमा अहिले शिक्षण सुधारका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि बृद्धि गरिएको छ । त्यसैको फलस्वरुप पछिल्लो पटकको जिल्लास्तरिय राष्ट्रपति रनिंग शिल्ड पनि उक्त विद्यालयले हात पार्न सफल भयो । विभिन्न खेलकूदमा होस् या अन्य सिर्जनशील कार्यमा, उक्त विद्यालयका विद्यार्थीहरु अब्बल देखिए ।

त्यतिमात्र नभएर रुक्मिणी उच्च माविको प्रगतिका लागि फिल्ड निर्माण, भवन निर्माण र भौतिक पूर्वाधार निर्माणका निम्ति मन्त्रालय, विभाग र सरकारलाई पटक–पटक हारगुहार गरी विभिन्न योजनाहरु पनि पार्न सफल हुनुभएको छ । त्यस्तै अध्यक्ष भएदेखि उक्त विद्यालयमा कृषि जेटिए पढाई सञ्चालन गरिएको छ, भने कक्षा ९ देखि पनि कृषि प्राविधिक विषयको पनि पढाई सुरुवात गरिएको छ । विद्यालयमा फोन सुविधान हुनुका साथै ईमेल ईन्टरनेट पनि जोडिएको छ ।

विद्यार्थीहरुलाई हरेक प्रकारका सेवा र अनुसन्धानमा सञ्चार सामग्रीहरुको प्रयोग गर्ने गरेका छन् । त्यतिमात्र कहाँ होर पछिल्लो पटक अर्थात् यही असार २६ देखि असार १ गतेसम्म विद्यालयको शैक्षिक, भौतिक विकासका लागि विद्यालयमा शैक्षिक धार्मिक महोत्सव सञ्चालन गरेर विद्यालयमा करिव १ करोड ४० लाखभन्दा बढी दान भिœयाउन सफल हुनुभयो–अध्यक्ष शाह । चन्दा र दानदाताबाट उठेको उक्त रकम विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक सुधारका लागि प्रयोग गरिने छ ।

त्यस्तै गएको तिहारमा विद्यालय परिवारले देउसी भैलो खेलेर अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ७ लाख रकम संकलन गरेर रेकर्ड पनि कायम गरिएको थियो । यस्तो प्रकारको विद्यालयको सफलताका लागि उहाँको मात्र देन भने छैन । उहाँलाई साथ दिन रुकुमकोटका अभिभावकहरु, विद्यालयका प्राचार्य कृष्ण गौतम, शिक्षाविद्हरुको पनि ठूलो हात रहेको छ । वर्तमान अध्यक्ष मदन शाहले विद्यालयमा गरेको कामको प्रशंसा गर्दै व्यक्तिमा काम गर्ने ईच्छा, जाँगर र सिर्जनशिलता भएमा विकास हुन धेरै समय नलाग्ने प्राचार्य कृष्ण गौतम बताउनुहुन्छ ।

यस्तो कामको सबैले अनुुसरण गर्दै अन्य विद्यालयमा पनि लागू गर्नसक्नुपर्नेमा शिक्षक बसन्त गौतमले जोड दिनुहुन्छ । अब उक्त दाताबाट संकलित रकम पनि विद्यालयको शैक्षिक र भौतिक निर्माणका लागि प्रयोग गरिने अध्यक्ष मदन शाह बताउनुहुन्छ । विद्यालयलाई सुधार गर्न र माथि उकास्न आफूले दिलैदेखि स्वच्छ मनले काम गरेको मदन शाह बताउनुहुन्छ । भन्नुहुन्छ, ‘म यसै विद्यालय–विद्यालयको सेवाका लागि जन्मिएको जस्तो लाग्छ, विद्यालयको काम गर्नका लागि पनि घरको काम गर्न बिर्सन्छु’, शाहले बताउनुभयो, ‘समग्र क्षेत्रको उल्लेखनीय सुधार देखिएपछि यहाँका अभिभावक, शिक्षक, विद्यार्थी, राजनैतिक दल र शिक्षाप्रेमीहरु पनि खुसी हुनुभएको छ ।’

पछिल्लो पटक विद्यालयको प्रशासनिक, शैक्षिक, भौतिक र सम्बन्धमा समेत व्यापक परिवर्तनले रुकुमकोटबासीको सकारात्मक भावनाको विकास भएको छ । गत साउन ७ मा भएको विद्यालय व्यवस्थापन समितिको अर्को कार्यक्रमले पुनः मदन शाललाई अध्यक्ष बनाइएको छ । एकै कार्यकालमा यति धेरै परिर्वतन ल्याउने यस्तैयस्तै सिर्जनशील अध्यक्षबाट अन्य विद्यालय व्यवस्थापन समितिले पनि सिक्न जरुरी छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन