ताजा अपडेट

दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाईमा

          |   351 Views   |   Published Date : 5th July 2016 |

घोराहीमा निर्माण गर्ने भनिएको वहुउद्देश्यीय सभागृहका लागि आउँदो नयाँ आर्थिक वर्षमा २ करोड रुपैयाँ बिनियोजन गरिएको छ । यसकासाथै दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि केही महिना अगाडि आयोजना गरेको महोत्सवबाट केही रकम सभागृह निर्माणका लागि बचत गरेको छ । सभागृह निर्माणका लगि ४० करोडको हाराहारिमा रकम खर्च हुनेछ । यसका लागि उवासंघले आफ्नो तर्फबाट अझैं व्यापक पहल कदमि लिन जरुरी छ । राज्यले थोरै धेरै सभागृहका नाममा बजेट बिनियोजन गरिरहेको अवस्थामा उवासंघले आफ्नो तर्फबाट गर्नु पर्ने कार्यहरुलाई तदारुकताका साथ अगाडि बढाएको खण्डमा छिटो भन्दा छिटो सभागृह निर्माण हुनेछ । सभागृहको डिजाई निर्माण भइसकेकाले
राज्यको तर्फबाट बिनियोजन हुन लागि रहेको रकम
र महोत्सबबाट बचेको रकमले यस आर्थिक वर्षमा सभागृहको के काम गर्न सकिन्छ, त्यतिसम्म भएपनि निर्माण कार्य गर्न जरुरी छ । यस्तो भएमा भोलीका दिनमा सम्बन्धित निकायहरुबाट सभागृह निर्माणका लगि ठूलो परिमाणमा
रकम बिनियोजन हुनेछ ।
दाङ प्रादेशिक राजधानी हुने लगभग पक्कापक्की
छ । अहिले पनि दाङमा ठूलाठूला कार्यक्रमहरु भइरहेका छन्, कति कार्यक्रमहरु सभागृहकै अभावमा हुन सकेका छैनन् । भोली दाङ राजधानी भएको खण्डमा यहाँ अझ ठूला कार्यक्रमहरु गर्नु पर्ने हुन्छ । तसर्थ जिल्लाको पहिचनासँग जोडिएको सभागृह निर्माणका लागि सम्बन्धित निकाय
गम्भीरताका साथ अगाडि बढ्नुपर्छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले सभागृह निर्माण कार्यलाई जेजसरी हुन्छ सुरु गरेर यहाँका सबै क्षेत्रलाई सभागृह निर्माण हुँदैछ भन्ने कुरामा ढुक्क बनाउन जरुरी छ । सभागृह शिलान्यास भएको धेरै वर्ष भइसकेको छ । निर्माणको सवालमा अहिलेसम्म खासै प्रगति भएको छैन । आउँदो आर्थिक वर्षमा जगसम्म निर्माण गर्न सकियो भने धेरै हुनेछ । एकैपटक ठूलो सहयोग आउने सम्भावना न्यून भएकाले थारैथोरै गर्दै भएपनि सभागृह निर्माण कार्य अगाडि बढाउन जरुरी छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले सभागृह निर्माणका लागि तदारुकता देखाउन सकोस्, संघको तदारुकतामा सबैले काँध थाप्न सकुन्, शुभकामना ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन