ताजा अपडेट

एनसीएल टावर जलाएको आरोपमा पक्राउ परेका माओवादीका नेता छुटे

          |   319 Views   |   Published Date : 30th June 2016 |

दाङ, असार १६ । विप्लव नेतृत्वको नेकपा मओवादीका ४ जना नेता साधारण तारेखमा छुटेका छन् । एनसीएल टावर आगजनी गरेको आरोपमा पक्राउ परेका माओवादीका जिल्ला सदस्यहरु यमलाल कटुवाल, पूर्णप्रसाद खनाल, विक्रम खतिवडा र भिमबहादुर विकलाई दाङ देउखुरी जिल्ला अदालतले बिहीबार साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

उनीहरुलाई गत जेठ २९ गते दाङको लमही र लक्ष्मीपुरको चौपट्टामा रहेको एनसीएल टावरमा आगजनी गरेको आरोपमा ३१ गते पक्राउ गरी सोही दिन दुरसञ्चार ऐन तथा अगजनी सम्बन्धी मुद्दा चलाएको थियो । यता दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले अदालतमा बहस भइरहेको भन्ने जानकारी पाए पनि साधारण तारेखमा छुटेको  बारेमा आफूलाई कुनै जानकारी नआएको र छुटेको भए पनि अदालतले गरेको निर्णयमा कुनै विमति नहुने बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१