ताजा अपडेट

क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियान सुरु हुदै

        शरद रेग्मी   |   300 Views   |   Published Date : 28th June 2016 |

दाङ असार १४ । क्लिन तुलसीपुर ग्रीन तुलसीपुर कार्यक्रमलाई अगाडि बढाउनका लागि आइतबार तुलसीपुर उद्योग वाणीज्य संघले सरोकारवालाहरुसँग बृहत छलफल गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघ तथा तुलसीपुर नगरपालिकाको साझेदारी एवं अन्य विभिन्न संघसंस्थाको सहयोगमा तुलसीपुर नगरीलाई स्वच्छ सफा र हरित नगरी बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिन लागिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो । छलफल कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले तुलसीपुर बजार क्षेत्र दिनप्रतिदिन फोहर बन्दै गएकाले सरसफाई अभियान सुरु गरिएको जानकारी दिनुभयो । साथै उहाँले बजारका प्रत्येक लाइनलाई १÷१ महिनाका हिसावले सरसफाईमा जुट्ने बताउनुभयो । यसका लागि सबै संघसंस्थाहरुसँग सहकार्य गर्ने पनि उहाँले बताउनुभयो । साथै अभियानका क्रममा सार्वजनिक स्थान, मन्दिरलगायतका सबै क्षेत्रमा सरसफाई गरिने बताउनुभयो । अभियानमा सबै भन्दै धेरै दायित्व बजार क्षेत्रभित्र रहेको टोल विकास संस्थाहरुको हुने र त्यसमा अरु संघसंस्थाहरुले समेत सघाउने रिजालले बताउनुभयो । साथै रिजालले सो अभियानमा लाग्ने खर्च संघले बेहोर्ने बताउनुभयो ।कार्यक्रममा तुलसीपुर नगरपालिकालगायत तुलसीपुर क्षेत्रका संघ संस्थाहरुको सहभागिता रहको छ । वाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षता एवं तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कार्यकारी केसीले यो अभियान सफल पार्न सबै नगरबासीको सकारात्मक सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले यो अभियानलाई आफूहरुले पूर्णरुपमा सफल पार्न लागि पर्ने समेत बताउनुभयो । केसीले बजार सफा राख्नु सबैको दायित्व र जिम्मेवारीलाई हुनुपर्ने सोचको विकास गर्नुपर्ने समेत आंैल्याउनु भयो । यो अभियान लागु भए तुलसीपुर बजारको सौन्र्दयता बढने नगर बासीहरुले अपेक्षा गरेका छन् । छलफल कार्यक्रममा विभिन्न संघसंस्था, सरकारी कार्यलय, सुरक्षा निकाय, टोल विकास संस्थाहरु उद्योगी व्यापारी व्यावसायी पत्रकारलगायतको उल्लेख्यनीय सहभागिता रहेको थियो ।  कार्यक्रममा सहभागीहरुले  तुलसीपुर उद्योग वाणिज्य संघले सुरु गर्न लागेको क्लिन तुलसीपुर ग्रीन तुलसीपुर कार्यक्रमलाई पूर्णरुपमा सहयोग र सहभागीता जनाउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सहजीकरण उद्योग वाणिज्य संघका महासचिव नेत्र वलीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१