ताजा अपडेट

आर्थिक समृद्धिका लागि पर्यटन पत्रकारिताको भूमिका

          |   354 Views   |   Published Date : 11th May 2016 |

दाङ बैशाख २९ । मुलुकले नयाँ संविधान प्राप्त गरेपछि अब समृद्धिको पालो भएको दाङमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । समृद्धिको आधार पर्यटन भएकाले यसको प्रवद्र्धनमा पर्यटन पत्रकारको अहं भूमिका हुने उनीहरुले बताएका हुन् । नेपाल पर्यटन पत्रकार संघको केन्दीय कार्यालय उद्घाटन तथा ‘दाङको पर्यटन विकासमा हामी कहाँ छौ ?’ भन्ने विषयमा बुधबार भएको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
राजनीतिक परिवर्तनका लागि संचारको उल्लेख्य योगदान भएको चर्चा गर्दै मुलुकको समृद्धिका लागि पर्यटन पत्रकारिताको सशक्त भूमिका आवस्यक भएको उनीहरुले औंल्याएका छन् । राज्य, निजी क्षेत्र र समुदायको सहकार्यबाट पर्यटनको क्षेत्रमा विकास गर्न सकिने भएकाले पर्यटन पत्रकारहरुले खबरदारीका साथै सचेतिकरण गर्न आवस्यक भएको उनीहरुले औंल्याएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले नेपाल पर्यटकीय गन्तव्य भएकाले जिम्मेवार निकायलाई दबाव तथा स्थानीयमा चेतनाको बिस्तार गर्न पर्यटन पत्रकारहरुको अहम भूमिका भएको बताउनुभयो । राज्यले पर्यटन विकासका लागि राष्टिय नीति तथा कार्यक्रम  बनाएकोले यसलाई साकार पार्न पर्यटन पत्रकारहरुले सिर्जनात्मक दबावको माहोल बनाउन सुझाउनु भयो ।

पत्रकारको कलमको निकै प्रभाव रहने बताउँदै आम सञ्चारले सार्वजनिक गरेका विषयले जिम्मेवारहरुलाई दबाव दिने भएकाले अझ सशक्त भएर लाग्न आग्रह गर्नु भयो  । पर्यटकीय दृष्टिकोणले दाङ अत्यन्तै सम्भावना भएकाले यसतर्फ सबैको ध्यान पुग्नुपर्ने उहाँले औंल्याउनु भयो   । प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले नेपाल पर्यटन पत्रकार संघको केन्द्रीय कार्यालय दाङमा स्थापना हुनुले केन्द्रीकृत मानसिकताको अन्त्यका लागि महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । पत्रकारिताको विकाससंँगै विधामा पत्रकारिताको विकास भएकाले पर्यटन क्षेत्रलाई उभो लगाउन पर्यटन पत्रकारहरुको भूमिका अझै बढेको बताउनु भयो ।

नेपाल पर्यटन पत्रकार संघको केन्द्रीय सल्लाहकार समेत रहनुभएका गौतमले पर्यटनको व्यापक सम्भावनालाई अवसरमा बदल्न पर्यटन पत्रकारहरुको कलम अझ तिखो हुनु पर्ने आग्रह दिदै प्रगतिको शुभकामना दिनु भयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्क बुढाथोकीले दाङको पर्यटन विकाससंँगै विद्यमान राप्तीको पर्यटन विकासमा निजी सधै सदैव तयार रहेको बताउनु भयो । जिल्लाको पर्यटन विकास गर्न निजी क्षेत्र उद्योग वाणिज्य संघले पहलकदमी लिएको चर्चा गर्दै जिल्लाको पर्यटन विकास गर्न योजनावद्ध विकासमा अघि बढ्नु पर्ने सुझाव दिनु भयो । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सुदिप गौतमले पत्रकारितामा पर्यटन बीट महत्वपूर्ण रहेको बताउँदै पत्रकारहरुको क्षमता विकास तथा आइपर्ने सबैखाले चुनौतिका लागि पत्रकार महासंघ दाङ शाखा सदैव तयार रहेको बताउनु भयो । दाङमा केन्द्रीय कार्यालय स्थापना गरी विधागत पत्रकारिताको विकास गर्न पहल गरेको भन्दै सफलताको शुभकामना दिनु भयो ।

कार्यक्रममा त्रिपूर नगरपालिका कार्यकारी अधिकृत कमानसिंहं थापा, नेकपा एमालेका नगर कमिटी अध्यक्ष लछिनप्रसाद बुढा, एमाओवादीका जिल्ला समिति सदस्य लुमाकान्त न्यौपाने सागर, दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीलगायतले पर्यटन पत्रकारिताको अहं भूमिका भएकाले सोही दायित्वलाई महसुस गरी कलम चलाउन आग्रह गर्नुभएको छ । पत्रकारिताको विकासका लागि आवस्यक सहयोग दिन सदैव तयार रहेको समेत प्रतिवद्धता जनाउनुभएका थियो ।

एन्टोजका केन्द्रीय उपाध्यक्ष सन्तोष दहितले स्वागत तथा विषय प्रवेश गराउनुभएको थियो, भने एन्टोजका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) को अध्यक्षतामा महासचिव केशरमान विसीले संचालन गर्नुभएको सचिव लिलाधर वलीले जानकारी दिनुभएको छ ।  कार्यक्रम घोराहीस्थित हुलाक नजिकमा रहेको एन्टोज केन्द्रीय कार्यालयमा भएको थियो ।  स्मरण रहोस् एन्टोजको हाल रोल्पा र प्यूठानमा शखा गठन भई क्रियाशील रहेका छन् । रुकुम र सल्यानको शाखा पनि छिट्टै हुने र प्रदेशका पाल्पा गुल्मी, अर्घाखाँची, बाँके बर्दिया, लगायतका जिल्लामा पनि शाखा बिस्तारको कार्यक्रम रहेको अध्यक्ष धनिराम शर्माले जानकारी गराउनुभएको थियो

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन