ताजा अपडेट

रुस्लान जेसिज क्रीकेट कपको उपाधि युएनविसिलाई

          |   367 Views   |   Published Date : 8th April 2016 |

घोराही, चैत्र २६।  रुस्लान जेसिज कप जिल्ला स्तरीय पुरुष ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी युएनवीसी घोराहीले हात पारेको छ ।शुक्रबार भएको फाईनल खेलमा चन्द्रज्योति क्रिकेट क्लव सतवरियालाई ५ विकेटले हराउदै युएनवीसीले उपाधि हात पारेको खेल संयोजक मिनराज भाटले जनाउनु भयो । बिजेता युएनवीसीलाई नगद २० हजार, ट्रफी प्रमाण–पत्र प्रदान गरिएको छ ।त्यस्तै उपबिजेता चन्द्रज्योति क्रिकेट क्लव सतवरियालाई नगद १२ हजार, ट्रफी, प्रमाण–पत्र प्रदान गरिएको छ । त्रिभुवन नगर जेसीजको आयोजना तथा दाङ क्रिकेट संघको संयोजनामा साताब्यापी रुपमा भएको खेलमा खेल अबधिभर सहयोग गर्ने सम्पुर्णलाई आयोजकले धन्यावाद ज्ञापन गरेको छ ।प्रतियोगितामा दाङ क्रिकेट संघमा आवद्ध ८ वटा क्रिकेट कल्बहरुका विच प्रतिस्पर्धा भएको थियो । त्रिभुवन नगर जेसीजका अध्यक्ष राजिब उल्लाह खाको अध्यक्षता तथा स्थानिय बिकास अधिकारी रमेश गौतमको प्रमुख आतिथ्यतामा खेलको शुक्रबार समापन गरिएको छ

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१