ताजा अपडेट

करिब ८० लाख संकलन गर्दै सकियो नारायणपुर महायज्ञ

        गणतन्त्र समाचारदाता   |   301 Views   |   Published Date : 6th April 2016 |

Narayanpur Mahayagye-2072 Chaitraनारायणपुर, चैत २४ । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा नारायणपुरमा सञ्चालित महायज्ञ सम्पन्न भएको छ । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२’ को समापन गरिएको छ ।


महायज्ञको एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । महायज्ञ आयोजक मूल समितिका संयोजक टेकबहादुर खड्काको अध्यक्षता एवं महायज्ञका मुख्य वाचक एवं हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्यायको प्रमुख आतिथ्य र हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महायज्ञ सफल भएको भन्दै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए । साथै उनीहरुले जुन उद्धेश्यले महायज्ञको आयोजना गरिएको हो त्यो उद्देश्य पुरा गर्नका लागी सहयोग गर्न सम्पूर्णमा अनुरोध पनि गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले धर्म परिवर्तन अहिले नेपालको प्रमुख समस्या बनेको भन्दै सचेत रहन सम्पूर्णमा अनुरोध गर्नुभयो । उहाँले गरिबी र बेरोजगारीको फाईदा उठाउदै विभिन्न आश्वासन देखाएर धर्म परिवर्तन गराउने चलनको अन्त्य हुनुपर्ने बताउनुभयो । कार्यक्रममा भागवत प्रचारप्रसार समिति एवं हिन्दु जागरण नेपालका कार्यक्रम संयोजक राधा रिमाल, महतावा महासंघ संघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरी, हिन्दु जागरण नेपाल दाङका थारु समाजका अध्यक्ष मंगल चौधरी, महिला विभाग अध्यक्ष रुपा वली, महायज्ञ कार्यसम्पादन समितिका संयोजक ईन्द्रबहादुर रायमाझी, सचिवालय व्यवस्थापन समितिका संयोजक सानु थापा लगायतले आफ्नो भनाई राख्नुभएको थियो । महायज्ञमा हालसम्म त्रिपुर नगरपालिका ७ डाडागाँउका दामोदर न्यौपाने र उहाँको श्रीमति उमादेवी न्यौपानेले सबैभन्दा धेरै ३५ लाख रुपैया बराबरको जग्गा दान गर्नुभएको छ । महायज्ञमा करिब १ सय क्वीन्टल अन्न पनि संकलन भएको छ । त्रिपुर क्षेत्रका किसानहरुले अन्नदान गरेका हुन् । विभिन्न स्थालबाट गरि १ सय क्वीटन अन्न संकलन भएका छ । महायज्ञमा करिब ८० लाख आर्थिक संकलन भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन