ताजा अपडेट

रुस्लान जेसीज क्रिकेट कपकाे सेमिफाइनलमा युएनवीसी विजयी

          |   336 Views   |   Published Date : 5th April 2016 |

दाङ चैत्र २३ । घोराहीमा जारी रुस्लान जेसीज कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा युएनवीसी क्रिकेट क्लव घोराही विजयी भएको छ । सोमबार भएको खेलमा त्रिशिद्धेश्वरी क्वल तुलसीपुरलाई ९ विकेटले पराजित गर्दै युएनवीसी क्रिकेट क्वल घोराही विजयी भएको हो ।

टस जीतेर व्याटिङ रोजेको त्रिशिद्धेश्वरी क्लवले १५ ओभरमा सम्पूर्ण विकेट गुमाई ७४ रन बनाएको थियो । जसमा निराजन पुनले सर्वाधिक  १३ रन बनाउनुभएको थियो । त्यस्तै सुनिल भण्डारी र बिनोद केसीले ९÷९ रन बनाउनुभएको थियो । त्रिशिद्धेश्वरी विरुद्ध बलिङ गर्नुभएका युएनवीसीका उत्तम ज्ञवालीले ३ ओभरमा १० रन खर्चदै ३ विकेट बनाउनुभएको थियो । त्यस्तै बलिङतर्फ युएनवीसीकै सन्दिप खत्रीले र तुलाराम घर्तीले २÷२ विकेट लिनुभएको थियो ।

७५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको युएनवीसीले ५ं.५ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । जसमा युएनवीसीका क्याप्टेन सुशान्तसि.ह थापाले उत्कृट खेल प्रदर्शन गर्दै ३० रन बनाउनुभएको थियो । उहाँलाई साथ दिँदै सुरेन्द्र बिएमले १७ र सन्तोष सोनारले १० रन बनाउनुभएको थियो । खेलमा त्रिशिद्धेश्वरीका सुनिल भण्डारीले १ विकेट लिनुभएको थियो । जेसीजका खेल संयोजक मीनराज भाटका अनुसार खेलमा ३ विकेट लिनुभएका युएनवीसीका उत्तम ज्ञवाली म्यान अफ दी म्याच घोषित हुनुभएको थियो । म्यान अफ दी म्याच घोषित ज्ञवालीलाई दाङ त्रिकेट संघका अध्यक्ष प्रदिप मजगैया र त्रिभुवननगर जेसीजका अध्यक्ष राजिव उल्लाह खानले उपहार प्रदान गर्नुभएको थियो ।

त्रिभुवननगर जेसीजको आयोजना तथा दाङ त्रिकेट संघको संयोजनमा भएको प्रतियोगीतामा अशोक रोका र प्रणव आचार्यले एम्पायरिङ गर्नुभएको थियो । सञ्जु केसी म्याच रेफ्री रहेको खेलमा सुजित शर्माले स्कोररको भूमिका निर्वाह गर्नुभएको थियो । दाङ क्रिकेट संघका अध्यक्ष अध्यक्ष प्रदिप मजगैयाका अनुसार भोलि चन्द्रज्योति क्लव सतबरिया र पुरन्धारा क्रिकेट क्लवका बीच दोस्रो सेमिफाइनलको खेल हुनेछ

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१