ताजा अपडेट

रुस्लान जेसीज कप क्रिकेट प्रतियोगीतामा पुरन्धारा क्लव विजयी

        गणतन्त्र समाचारदाता   |   457 Views   |   Published Date : 4th April 2016 |

दाङ चैत्र २२ । घोराहीमा जारी रुस्लान जेसीज कप क्रिकेट प्रतियोगितामा पुरन्धारा क्रिकेट क्लव विजयी भएको छ । सोमबार भएको खेलमा सी।टी। क्वल धनौरीलाई २८ रनले पराजित गर्दै पुरन्धारा त्रिकेट क्वल पुरन्धारा विजयी भएको हो ।
टस जीतेर व्याटिङ रोजेको पुरनधाराले १८।२ ओभरमा सम्पूर्ण विकेट गुमाई १ सय २३ रन बनाएको थियो । जसमा टोपेन्द्र थापाले सर्वाधिक  २४ रन बनाउनुभएको थियो । आकर्षक २ छक्का प्रहार गर्नुभएका थापालाई साथ दिँदै अंकित थापा र शिव डाँगीले १५÷१५ रन जोड्नुभएको थियो, भने अन्य व्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् । पुरन्धारा बिरुद्ध सी।टी क्वल धनौरीका देवबहादुर वली ३ र सुनिल आचार्यले २ विकेट लिनुभएको थियो ।
१ सय २४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको सी।टी। क्लव धर्नौरीले १७।३ ओभरमा आफ्ना सम्पूर्ण विकेट गुमाई ९५ रनमा समेटिएको थियो । जसमा पवन न्यौपानेले सर्वाधिक २५, विराट भण्डारलिे १७ र सुनिल आचार्यले ७ रन जोड्नुभएको थियो । सी।टी। क्लवलाई सस्तैमा समेट्नेक्रममा पुरन्धारारा क्लवका चमन डाँगी र शिव डाँगी ३÷३ विकेट लिनुभएको जेसीजका खेल संयोजक मीनराज भाटले जानकारी दिनुभयो ।  भाटका अनुसार खेलमा १५ रन र ३ विकेट लिनुभएका पुरन्धारा क्रिकेट क्लवका शिव डाँगी म्यान अफ दी म्याच घोषित हुनुभएको छ ।IMG_8965त्रिभुवननगर जेसीजको आयोजना तथा दाङ त्रिकेट संघको संयोजनमा भएको प्रतियोगीतामा अशोक रोका र प्रणव आचार्यले एम्पायरिङ गर्नुभएको थियो । सञ्जु केसी म्याच रेफ्री रहेको खेलमा सुजित शर्माले स्कोररको भूमिका निर्वाह गर्नुभएको थियो । दाङ क्रिकेट संघका अध्यक्ष अध्यक्ष प्रदिप मजगैयाका अनुसार भोलि यु।एन।वी।सी घोराही र त्रिशिद्धेश्वरी स्पोर्टस क्लव तुलसीपुरका बीच खेल हुनेछ ।दाङ क्रिकेट संघका अध्यक्ष अध्यक्ष प्रदिप मजगैयाका अनुसार भोलि यु।एन।वी।सी घोराही र त्रिशिद्धेश्वरी स्पोर्टस क्लव तुलसीपुरका बीच खेल हुनेछ ।अध्यक्ष मजगैयाका अनुसार खेल मैदानमा अनुशासनहीन कार्य गरेको भन्दै सी।टी। क्लव धनौरीका देवबहादुर वलीलाई दाङ क्रिकेट संघले आयोजना गर्ने एउटा खेलमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१