ताजा अपडेट

नारायणपुर धार्मिक महायज्ञमा ६ लाख संकलन

        आर.के. सितल   |   285 Views   |   Published Date : 31st March 2016 |

नारायणपुर, चैत्र १८ । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा बुधबारदेखि नारायणपुरमा सुरु भएको धार्मीक महायज्ञमा करिव ६ लाख आर्थिक संकलन भएको छ । बिहीबार दोस्रो दिनसम्म ५ लाख ८१ हजार रुपैया आर्थिक संकलन भएको महायज्ञ आयोजक मूल समितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो । नारायणपुरमा सूर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्देश्यका साथ चैत २४ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ मा त्रिपुर नगरपालिका जलौराका रामु पौड्याल, लक्ष्मण पौड्यालले ४ लाख बराबरको जग्गा दान गर्नुभएको छ । यस्तै त्रिपुर नगरपालिका ३ उत्तरअम्राईका मंगल चौधरी र प्यारी चौधरीले ५५ हजार ५ सय ५५ रुपैयाँ, त्रिपुर नगरपालिका १ पत्थरकोटिया का खुमबहादुर डाँगीले ५१ हजार १ सय १५ रुपैयाँ र साग्रीला प्लाई उद्योग खैराका जीतेन्द्र बस्नेतले ११ हजार १ सय ११, तुलसीपुर ६ का भिमा नारायणप्रसाद रजौरेले ११ हजार ५, सोही ठाउँ निवासी लक्ष्मी भागवत धर्म रजौरेले ११ हजार ५, लीला थापाले ५ हजार रुपैयाँ दान गर्नुभएको आर्थिक उपसमितिका संयोजक पूर्ण गुरुङले जानकारी दिनुभयो । महायज्ञको मुख्य वाचकमा सुप्रसिद्ध भागवताचार्य गुरुदेव अध्यात्म शिरोमणि पण्डीत रामकृष्ण उपाध्याय रहनुभएको छ । यस्तै कलाकारहरुले धार्मीक नाटक पनि प्रस्तुत गर्नुभएको छ । महायज्ञमा दैनिक बिहान पूजापाठ, दिउँसो र बेलुका भागवत कथा पाठ, प्रवचन एवं भजकृतन हुनेछ । यस्तै महायज्ञमा तुला दान, भूमि दान, अन्न दान, नगद दान, व्रतबन्ध, चौरासी पूजा, देविदेवताका लागि संकल्पसहित यज्ञमण्डपमा फोटो स्थापना, विवाह, ग्रह शान्तिलगायतका धार्मीक कार्य भइरहेको भागवत प्रचारप्रसार संघ एवं हिन्दु जागरण नेपालका कार्यक्रम संयोजक राधा रिमालले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन