ताजा अपडेट

महायज्ञमा विविध कार्यक्रम हुने

          |   342 Views   |   Published Date : 27th March 2016 |

नारायणपुर, चैत्र १४ । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा यही चैत १७ गतेदेखी २४ गतेसम्म नारायणपुरमा हुने महायज्ञमा विभिन्न धार्मीक कार्यक्रमहरु ह्ुने भएको छ ।
नारायणवुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ मा धार्मीक कार्यक्रमहरु ह्ुने मूल आयोजक समितिले जानकारी दिएको छ । जसमा तुला दान, भूमी दान, अन्न दान, नगद दान गर्न सकीने छ । यस्तै महायज्ञमा कलश राख्न सकीने मूल समितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो । त्यस अवसरमा व्रतबन्ध, चौरासी पूजा, देविदेवताको लागी संकल्पसहित यज्ञमण्डपमा फोटो स्थापना, विवाह लगायतका धार्मीक कार्य हुने उहाँले बताउनुभयो । महायज्ञको मुख्य वाचकको रुपमा सुप्रसिद्ध भागवताचार्य गुरुदेव अध्यात्म शिरोमणी पण्डीत रामकृष्ण उपाध्याय आउदै हुनुहुन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन