बिवाहको रकमबाट हजुरआमाको नाममा अक्ष्यकोष स्थापना

दाङ, चैत्र १२ । घोराही नगरपालिका–१ निवासी श्रृजना पछाई र उहाँका श्रीमान ज्ञानेश्वर बोहराले आफ्नो बिवाहको रकममध्येबाट विद्यालयमा अक्ष्यकोष स्थापना गर्नुभएको छ । श्रृजना र ज्ञानेश्वरले आफ्नो बिवाहका सन्दर्भमा टिकाटालोबाट उठेको रकममध्ये श्रृजनाका हजुरआमा ज्ञानकुमारी पछाईको स्मृतिमा अक्ष्यकोष स्थापना गर्नुभएको हो ।    यसैबिच उक्त अक्ष्यकोष रकम बिहिवार ११ चैत्रमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा हस्तान्तरण गरिएको छ । सौडियार गाविस–३ स्थित जयशेर मावि रावतगाउँमा स्थापना गरिएको २५ हजार रुपैयाँ एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको हो । अक्ष्यकोष रकममध्येबाट हरेक वर्ष आउने ब्याजको ८० प्रतिशत रकम हरेक वर्षको एसएलसी परिक्षामा विद्यालयका तर्फबाट प्रथम हुने छात्रालाई प्रदान गरिने बताइएको छ । यसका साथै सोही अवसरमा छात्राका अभिभावकलाई समे सम्मान गरिने अक्ष्यकोष स्थापनाकर्ताले जानकारी दिनुभएको छ । थोरै भएपनि सामाजिक सेवा गर्ने उद्देश्यले आफुले पढेको विद्यालयमा हजुरआमाको स्मृतिमा अक्ष्यकोष स्थापना गरेको श्रृजना पछाईले जानकारी दिनुभयो । ‘हाम्रो समाजमा लैङ्गीक विभेद छ । त्यो मैले सानैदेखी देख्दै आएको हुँ । यसकारण महिलाको शसक्तिकरणका निमित्त आफ्नो तर्फबाट सानो भएपनि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो, श्रृजनाले भनिन्, त्यसैले मेरो बिवाहका अवसरमा टिकाटालो लागयतका रकममध्येबाट केही रकम छुट्टाएर हजुरआमाको स्मृतिमा आफुले पढेको विद्यालयमा अक्ष्यकोष स्थापना गर्ने कोशिस गरेकी हुँ ।’ त्यस अवसरमा बोल्दै अर्का अक्ष्यकोष स्थापनाकर्ता ज्ञानेश्वर बोहराले आफ्नो श्रीमतीको सामाजिक सेवाभावजन्य कार्यमा आफुले पनि साथ … Continue reading बिवाहको रकमबाट हजुरआमाको नाममा अक्ष्यकोष स्थापना