ताजा अपडेट

संस्कृति र संस्कारभित्रको होली पर्व

        नारायणप्रसाद श्रेष्ठ   |   142 Views   |   Published Date : 25th March 2016 |

आपसी मेल र भाइचाराको अभिवृद्धि गर्दै २०७२ सालको होली पर्व भर्खरै समाप्त भएको छ । पाप र पुण्यको साक्षि भएर सत्यको बिजयी हुने कहानी बोकी आपसमा सद्भावको बातवारण बनाई होलीले नयाँ उत्साह र उमंग प्रदर्शन गरेको छ । असत्यमाथि सत्यको बिजय हुने आध्यात्मिक सत्यको यथार्थ सबै सामु यस पर्वले दर्शाएको छ । क्षणिक लोभ, प्रपञ्च र आशक्तिले मानिसलाई कसरी अहंकारी बनाउदो रहेछ भन्ने सत्य यस पर्वले सबैलाई ज्ञान दिएको छ । निर्दोश र सत्यबादी चरित्रप्रति जतिसुकै हिलो छ्याप्न कोशिस गरेपनि झुठ, फरेब र पापको भण्डाफोर आफै हुँदोरहेछ भन्ने यथार्थ सबै सामु देखापरेको छ । हामी र हाम्रो आचरणले अपनाउनुपर्ने नैतिकताको पाठ यस पर्वले सबैलाई दिन खोजेको छ । होली पर्व आफैमा सत्यवादी चरित्रको पर्व भएर सबैसामु प्रष्टिएको छ । सदाचार र सद्भावको रुपमा मनाइने यो पर्व साँच्चिकै अर्थमा मानव जीवनले अपनाउनुपर्ने चरित्रप्रति सम्वेदनशिल भएर उदाएको छ । होली पर्वलाई अर्को अर्थमा खुसीको पर्व पनि भनिन्छ । दुःख पछि सुखको अनुभूती गरी बिछोडपछि मिलन भएको खुसीको रुपमा मनाइएको यो पर्वले अत्याचार र दुराचारको अन्त हुने सत्यलाई उजागर गरेको छ । धन, दौलत र घमण्डले मानिसले आफुलाई जतिपनि सम्पन्नताको पगरी गुथेपनि यदि उसमा सत्यवादी चरित्र छैन भने उसका ति सबै बैभव शून्य बराबर हुन्छन् भन्ने सत्य यस पर्वले देखाएको छ । क्षणिक बासना र अहंकारले सजाइएको इच्क्षा र चाहना मानिसका कुकर्म हुने सत्य यसले देखाउन खोजेको छ । अहंकारले भरिएको मानव स्वार्थी चरित्रले आफुले आफुलाई भष्म गर्दोरहेछ भन्ने सत्य यसले सबैलाई सचेत गराएको छ । काम, क्रोध, लोभ, मोह र अहंकारले मानिस कसरी पतित हुनेरहेछ भनी दर्शाउदै यस पर्वले मानव जीवनमा निर्वाह गर्नुपर्ने दायित्वको बोध गराएको छ । खुसी र उमंगको बहार ल्याई मानिसलाई निश्चित सत्यभित्र प्रदर्शीत हुन यस पर्वले सबैलाई उत्प्रेरित गरेको अवस्था छ । चर्म दृष्टिले देखिने वस्तु सबै सत्य हुदैन र असत्यले सत्यलाई कहिल्यै ढाल्न सक्दैन भन्ने कुरा यस पर्वसँग गाँसिएको कथा प्रसँगले देखाएको छ । म र मेरो भावनामा होइन हामी र हाम्रो आचरणले अपनाउनुपर्ने आचरणयुक्त जीवनशैलीप्रति यसले सजग बनाएको छ । खुसी अरुलाई नोक्सान पु¥याई आफुलाई मात्र आनन्द भएपछि हुनुपर्दछ भन्ने भौतीक मान्यताको उपजलाई यस आध्यात्मिक पर्वले खुसी र उमंग सत्यवादी चरित्रबाटै मुखरित हुने यथार्थ सत्य हो भन्ने बुझ्नुपर्दछ भनी सन्देश प्रवाह गर्न खोजेको छ । मानव भएर मानवीय चरित्रको परिचय सत्य, धर्म, शान्ती, प्रेम र अहिंसाबाटै दिन सकिन्छ भन्ने मान्यता बोकेको यस पर्वले दुःख, अहंकार र स्वाभिमान र लालसले मानव आचरणमा कत्तिको गलत प्रवाह पर्दोरहेछ भन्ने यथार्थ प्रदर्शन गर्न खोजेको छ । प्राकृतिक सत्यभित्र एकअर्काबिच सम्मान र सद्भाव राखी अघि बढ्ने अनुशासित जीवनशैली नै मानविय सभ्यताको उत्कृष्ट चरित्र हुनुपर्दछ भनी यस पर्वले सबैलाई जागरुक गराउन खोजेको छ । दुषित बातावरण र परिस्थितीले ल्याउने परिणामको बोध गराउदै पाप धुरीबाट कराउछ भन्ने उखानलाई यस पर्वको प्रसंगले प्रष्ट्याउन खोजेको पाइन्छ । पाप र पुण्य भनेको के रहेछ ? र यो पाप र पुण्य भन्ने मन गढन्ते कुरा हुन् भन्ने भौतिकवादी चिन्तकको भनाइलाई हिन्दु संस्कृतिको यो  पर्वले आँखा खोलिदिएको छ । असल कर्म भनेको पुण्य हो र आचरणहिन कर्म भनेको पाप हो भन्ने कुरा यस पर्वले सबैलाई प्रष्ट पारेको छ । मानव भएर मानवताको नाताले निभाउनुपर्ने जिम्मेवारी केवल सत्यमा आधारित कर्मबाट मात्रै सम्भव हुनसक्ने यथार्थलाई झल्काउन खोजिएको छ । सत्यवादी चरित्र अरुबाट होइन आफैबाट शुरु गर्नुपर्ने यथार्थ पनि यस पर्वबाट मुखरित हुन खोजेको छ । सम्पन्न व्यक्तिको आचरणमा देखावटी र बनावटी शुद्धता भएपनि नियत असल नहुन सक्छ र असहाय र कमजोर व्यक्तिको आचरण र व्यवहारमा देखावटी नभएर पनि नियत असल हुन सक्छ भन्ने यथार्थपरक विचार यस पर्वले सम्प्रेष्ण गर्न खोजेको पाइन्छ । त्यसैले शोकेसमा सजाइएको बनावटी र देखावटी सत्यभन्दा गरिबको झोपडीमा फुलेको फुल धेरै सुन्दर र यथार्थ हुन्छ भन्ने सत्य सबैले बुझ्नुपर्दछ ।
हामी होली पर्व मनाउछौ । विभिन्न थरिका रंग र अबिरबाट सद्भाव साटासाट गर्छौ । बिजयउत्सवको रुपमा खुसी साटासाट गर्दौ । मिठो र मसिनो खानेकुराबाट एकअर्काका नजिक पुग्ने कोशिस पनि गर्दछौ । तर यि सबै के हामीले साँच्चिकै होली पर्वको महत्व र यसले निर्दिष्ट गर्न खोजेको चरित्रप्रति सम्वेदनशिल भएर मनाएका छौ त ? वर्षदिनमा एकपटक मनाइने यो पर्वको महत्व के हो ? होलीका आफै किन भष्म हुनप¥यो ? प्रह्लादले के–कस्तो चरित्र निर्वाह गरेका थिए ? आगोको कार्य डढाउन र भष्म गर्नु हो । तरपनि होलीका मात्र किन भष्म भइन् ? यि र यस्ता प्रसङ्ग के हामीले कहिले बुझ्ने कोशिस गरेका छौं ? नयाँ पिँढिलाई कहिले हामीले बुझाउने कोशिस गरेका छौ ? हाम्रो संस्कृति र संस्कारले हामीलाई कसरी आचरणयुक्त गतिशिल जीवनशैलीमा आवद्ध गर्न खोजेको छ ? के हामीले आफ्नो परिवेश र समाजलाई देखाउन सक्षम भएका छौ ? हामी किन भौतिकवादी आडम्बरमा रोमलिएका छौ ? पश्चिमी सभ्यताको छाडा संस्कृतिप्रति हाम्रो आकर्षण के हामीलाई सहि दिशातर्फ लगिरहेको छ त ? नाङ्गो र आदर्शहिन चरित्र देखाउने चालचलन हामीलाई किन मन परेको होला ? हिन्दु संस्कृति र सभ्यताले सिकाएको हाम्रा आदर्शका प्रतिक रामको आदर्श चरित्र के हामीले आफुले ग्रहण गरी भावी पिढिलाई सिकाउने कोशिस गरेका छौ ? हाम्रा हिन्दु संस्कृतिले अङ्गालेका शिवरात्री, कालरात्री, बडादशैंको सप्तमी पछिको अष्टमी तिथिमा मनाइने पर्व जुन पर्वले असत्यमाथि सत्यको बिजय गरेको प्रसङ्ग पाइन्छ, मोहरात्री, कृष्णजन्माष्टमी जुन दिनलाई कंशको नास गर्ने इश्वरको अवतरण भएको दिनको रुपमा मनाइन्छ र सुखरात्री, लक्ष्मीपूजाको दिन जसले मानव जीवलाई गतिशिल बनाउन आवश्यक पर्ने स्रोतसाधनको प्राप्तिको लागी पुजिनेगरी मनाइन्छ । यि र यस्तै किसिमका अन्य पर्व झै होली पर्वको महिमा के हामीले अध्ययन गर्ने बातावरण बनाउन सक्यौं ? हामी किन आमाको ठाउँमा मम्मी, बावुको ठाउँमा ड्याडी जस्ता कृतिम र पश्चिमी सभ्यताले अङ्गालेको आफैमा कुरुप हुने कृतिम शब्द प्रयोग गराउने बातावरण गराउदैछौ ? धार्मिक सद्भावले ल्याएको परिवर्तनलाई नबुझी अधर्म र छाडा गतिहिन दिशातर्फ हामी किन अग्रसर भइरहेका छौ ? यो आजको गम्भिर विषय हाम्रो सामु आएको छ । हामी पर्व मनाउछौ केवल मनोरञ्जनको लागी कि यथार्थ सत्य पहिचान गरेर ? होइन भने, महिलाको सम्वेदनशिल अङ्ग जस्ले मात्रृत्वको बोध गराएको सत्य हामी सबैले महसुस गरेका छौ त्यसलाई महिला वा पुरुष कसैले पनि वास्ता नगरी उच्छृँखल किसिमले होली पर्वको निहुमा विविध कर्म गरेको हामी किन टुलु–टुलु हेरी बसेका छौ ? मानव सभ्यताले सिकाएको चरित्र विपरित हामी र हाम्रो दायित्व किन पछि परेको होला ? यसतर्फ गम्भिर भएर सोच्नुपर्ने भएको छ । हाम्रो संस्कार र संस्कृतिप्रतिको हाम्रो चाख किन कमजोर भएको छ ? हिन्दु सभ्यताले अङ्गीकार गरेको आफ्नो आदर्शलाई पन्छ्याएर कस्तो संस्कृति भित्राउन हामी लालायित भएका छौ ? यसको जिम्मेवारीबोध कसले गर्ने ? राजनितीले जनचाहनाअनुसार दायित्वबोध गर्न किन पछि परेको होला ? अरुको अरौटेभरौटै इशारामा आफुलाई अब्बल दर्जा दिन हाम्रो राजनितीक चेतना जागृत हुनुको पछाडी हामी किन जिम्मेवार नहुने ? तसर्थ समय र परिस्थितीको मुल्यांकन गरी समयमै आफुले निर्वाह गर्ने चरित्र र भावि पिढिलाई असल संस्कृति र संस्कारी बनाउन आजैदेखि किन नसोच्ने ? त्यसैले हामीले निर्वाह गर्ने हाम्रो चेतनाको स्तर परिस्कृत गर्न हामी अब बढी जिम्मेवार हुनुपर्ने भएको छ । हामीले हाम्रो पर्व र संस्कारले सिकाएको आचरणयुक्त जीवनशैलीप्रति बढी सम्वेदनशिल भएर प्रस्तुत हुनुपरेको छ । चैतन्य मनको ढोका उघारी सत्य कर्मबाट भौतिक र मानसिक असन्तुलनलाई हटाई स्वस्थ र दिव्यदृष्टिबाट आफुलाई परिष्कृत गराउनुपरेको छ । सृष्टिको सर्वोत्कृष्ट मानव आचरणले अङ्गिकार गर्नुपर्ने कर्म र दायित्वप्रति जागरुक भई अघि बढ्नुपरेको छ । चैतन्य स्वरुप पवित्र मनभिको इश्वरलाई पहिचान गरी तात्विक गुण प्रदर्शन गर्नुपरेको छ । पाप र पुण्यको सहि परिभाषालाई सबैको पहुँचको विषयभित्र पर्नेगरी कर्मक्षेत्रमा उत्रनुपरेको छ । पाप र पुण्यको साक्षि आफु स्वयं हुनेगरी अहंकारलाई परित्याग गर्न सक्नुपरेको छ । अन्र्तहृदयदेखी नै होली पर्वको महिमा र यसले निर्दिष्ट गर्न खोजेको आचरणयुक्त जीवनशैलीतर्फ सबैको ध्यान केन्द्रीत गर्नुपरेको छ । आशा छ हाम्रो आगामी होली पर्वमा हाम्रा यिनै आदर्श चरित्र चरितार्थ भएर प्रस्तुत हुनेछन् र हामी असल संस्कारी बन्नेछौ भन्ने कुरामा आजैदेखि लागिपरौं । अस्तु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन