ताजा अपडेट

पूर्व प्रम नेपाल दाङ आउँदै

          |   140 Views   |   Published Date : 21st March 2016 |

घोराही, चैत्र ८ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरीष्ठ नेता माधवकुमार नेपाल दाङ आउनुहुने भएको छ । पार्टी कामको शिलशिलामा एमाले बरीष्ठ नेता नेपाल दाङ आउन लाग्नुभएको हो । नेकपा एमाले दाङले यहि चैत्र ९ गते गर्न लागेको पार्टिका अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न उहाँ आउन लाग्नुभएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीले जानकारी दिनु भयो । विहान ११ वजे तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा अगुवा कार्यकर्ता भेला हुनेछ । भेलालाई सम्वोधन गर्न एमाले नेता नेपालसहीत पार्टिका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला, केन्द्रीय सदस्यद्वय खेममान खड्का, गुलावजङ्ग शाह पनि आउने कार्यक्रम रहेको एमाले नेता चौधरीले जनाउनुभयो ।
साथै उहाँले एमालेले आयोजना गरेको कार्यकर्ता भेलामा उपस्थितिका लागि पार्टीका नेता, कार्यकर्ता, भातृ संगठनका प्रमुख एवं प्रतिनिधि, शुभेच्छुक सबैमा अनुरोध गर्नुभएको छ । एमालेका अनुसार पूर्व प्रधानमन्त्री नेपालले जिल्लामा हुने विभिन्न कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१