साहित्यमा जीवनका रङहरु समेटिनुपर्छ : बज्रेस
चैत्र, दाङ ७ । समकालिन नेपाली उपन्यासकार बज्रेशले साहित्यका साहित्यमा जीवनका रङ समेटिनुपर्ने बताउनुभएको छ । मदानी साहित्य समूह नेपालले शनिबार घोराहीमा आयोजना गरेको ‘मदानीमा बज्रेश र उनको जुनेली उपन्यासको चर्चा’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लामो चलचित्र पटकथा लेखनमा बिताएका बज्रेशले पुस्तक र चलचित्रमा एकै किसिमको विषयवस्तु समेट्न सकिने बताउनुभयो । ‘पर्दामा सिनेमाको कथा हेरेर दर्शकले राम्रो नराम्रो पक्षलाई दिमागले गुनेझैं पुस्तक पढेर पनि पाठकले उही दिमागले नै राम्रो नराम्रो तुलना गर्ने हो’, बज्रेसले भन्नुभयो, ‘लामो समय चलचित्रको पठकथा लेखनमा बिताएको बज्रेशको उपन्यासमा चलचित्रको शैली आउनु स्वभाविकै हो ।’ यायावर पढेर पाठकहरुले दिएको सुझावका आधारमा यायावरको कथाकै शिलशिलालाई अगाडि बढाएर जुनेली उपन्यास लेखेको भन्दै उपन्यासकार बज्रेशले छोटो समयमै उपन्यासमाथि सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो । कार्यक्रममा मदानी साहित्य समूहका संयोजक वसन्त विवश आचार्यसँग गफिदै व्रजेशले जुनेली उपन्यासले नेपाली पीडित नारीको पीडालाई मुखरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रहरहरु मारेर अर्काका रहरहरु सजाउने हाम्रै वरपरका महिलाहरुको कथा जुनेली उपन्यासमा समेटेको छु ।’ पुस्तक प्रकाशनपछि पाठकको सम्पत्ती हुने भन्दै बज्रेशले समीक्षकको आँखाले भन्दा पनि आफ्नै आँखाले रचनालाई हेर्न प्रवृत्तीको विकास हुनुपर्ने बताउनुभयो । पुस्तकमा प्रयोग भएका अश्लिल शब्दहरु पात्रहरुलाई जिवन्तता दिने सन्दर्भमा आएको बताउँदै उहाँले अश्लिलता मानिसको सोचाइमा भरपर्ने दाबी गर्नुभयो । पुस्तकले पाठकलाई बाँध्न सकेन भने सामाजिक … Continue reading साहित्यमा जीवनका रङहरु समेटिनुपर्छ : बज्रेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed