ताजा अपडेट

महिलाका लागि एक महिने च्याउखेती तालिम

        गणतन्त्र समाचारदाता   |   236 Views   |   Published Date : 18th March 2016 |

तुलसीपुर, चैत्र ५ । महिलाहरुका लागि एक महिने च्याउखेति तालिम दाङको विजौरी–४ धनखन्नेमा सम्पन्न भएको छ । महिलाहरुलाई आयआर्जनमुखी काममा लगाएर आत्मनिर्भर बनाउने उद्देश्यले त्यहाँका २४ जना महिलाहरुलाई च्याउखेति सम्बन्धि तालिम दिइएको हो ।
दलित सेवा संघ तुलसीपुरको आयोजनामा भएको तालिममा विपन्न समूदायका महिलाहरुको सहभागीता रहेका संस्थाका भिम विश्वकर्माले जानकारी दिनुभयो । तालिममा च्याउ उत्पादनका लागि पराल पकाउने, बिउ उमार्ने, सिंचाई गर्ने लगाएतका विषयमा व्यवहारिक रुपमा जानकारी गराइएको थियो । यसैबिच तालिममको शुक्रवार समापन गरिएको छ । समापनका अवसरमा सहभागी महिलाहरुले आफुले सिकेको सिपलाई व्यवहारमा लागुगरि आर्थिक  उपर्जानमा लाग्ने बताएका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सिप विकास तालिम केन्द्रका प्रमुख शेरबहादुर खड्काले दक्ष जनशक्ति उत्पादन विना देशको विकास हुन नसक्ने बताउनुभयो । भौतिक पूर्वाधारको विकास गरेर मात्रै देश उभो नलाग्ने भन्दै हरेक नागरिक आर्थिकरुपले सम्पन्न बनाउ उनिहरुको सिपमा लगानी गर्नु पर्ने बताउनुभयो । दलित सेवा संघ तुलसीपुरको आयोजना तथा सिप विकास तालिम केन्द्र तुलसीपुरको सहयोगमा भएको तालीम समापन अवसरमा विजौरी गाविसका सचिव कमलबहादुर घर्तीमगर, रेडियो प्रकृति एफएमका समाचार सम्पादक ओपेन्द्र बस्नेत, प्रशिक्षक रामबहादुर नेपाली, सिता विक, अमृता पुन लगाएतले बोल्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१