मन्त्री शर्माद्वारा कर्मचारी/शिक्षककोे काज फिर्ता गर्न निर्देशन
दाङ, चैत्र ५ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले निजामति कर्मचारीहरुको काज फिर्ता गर्ने अभियान जारी रहेको बताउनुभएको छ । धेरैजसो कर्मचारीहरु आफ्नो दरबन्दिमा नबसी काजमा बस्न थालेपछि सामान्य प्रशासन मन्त्रालयले काजमा बसेका कर्मचारीलाई दरबन्दीमा पठाउने अभियान जारी राखेको हो । प्रशासन मन्त्रालयको नेतृत्वमा आफू आएदेखि अभियानस्वरुप हालसम्म पाँचसय बढी कर्मचारीहरुको काज फिर्ता भइसकेको र अन्य फिर्ता गर्नेक्रम चलिरहेको बताउनुभयो । यस विषयलाई लिएर देशब्यापीरुपमा अभियान सञ्चालन भइरहेको भन्दै उहाँले दाङमा पनि काजमा बसेका कर्मचारी र शिक्षकहरुका बारेमा सञ्चारमाध्यमार्फत् आफूले थाहा पाएको र यस विषयमा तत्काल जानकारी पठाउन सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको बताउनुभयो । जिल्लामा लामोसमयदेखि केही कर्मचारी र अधिकांश शिक्षकहरु काजमा बस्दै आएका छन् । काजमा कर्मचारीहरु बस्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् भने शिक्षकहरु दरबन्दीमा नहुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हँुदै आएको छ । मन्त्री शर्माले जिल्लामा काजमा बसेका कर्मचारी र शिक्षकलाई तत्काल आफ्नो दरबन्दीमा पठाउन प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिइसकेको बताउनुभयो। आफूलाई भेट्न पुगेको सयममा उहाँले प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले र जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले कर्मचारीहरुलाई पेशाप्रति जिम्मेवारी बनाउँदै सेवाग्राहीप्रति जवाफदेहीताको वातावरण विकास गर्न उनीहरुको सम्बन्धित ठाउँको काज फिर्ता गरी दरबन्दिमा पठाउन निर्देशन दिनुभएको छ । ‘दाङमा पनि केहि निजामति कर्मचारी र अधिकांश शिक्षकहरु काजमा बसेको मैले सञ्चारमाध्यममार्फत थाहा पाएको छु, मन्त्रालयले कुनै … Continue reading मन्त्री शर्माद्वारा कर्मचारी/शिक्षककोे काज फिर्ता गर्न निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed