अन्र्तराष्ट्रिय श्रमिक दिवसमा आचार्य सम्मानित

घोराही, फागुन २३ । १०६ औँ अन्र्तराष्ट्रिय श्रमिक महीला दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाकि अध्यक्ष लिला आचार्य सम्मानित हुनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग दाङले दिवसको अवसरमा गरेको कार्यक्रममा संगठनलाई यहासम्म ल्याउन र महीला अधिकारको पक्षमा महत्वपुर्ण भुमिका खेलेको भन्दै आचार्यलाई  सम्मान गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद अनारकलि मियाँले उहालाई फुल, माला र प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका उपाध्यक्ष एंव महिला विभाग प्रमुख अम्विका विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष भागवत पौडेल, राष्ट्रिय पार्षद गोमावालन क्षेत्रि, पेशागत महासंघका सानुनारायण अधिकारी लगाएतकाले वोल्नु भएको थियो । महिला विभाग कोषाध्यक्ष कमला देवकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण महीला विभागकि सचिव लक्ष्मि पन्थिले गर्नु भएको थियो । सो अवसरमा २०७१ मा शिक्षक सेवा आयोगवाट शिक्षक पदमा नियुक्त हुनु भएका शिक्षकहरुलाई सम्मानसमेत गरीएको थियो भने धन्यवाद ज्ञापन महीला विभाग सल्लाहकार  राधा के।सि।ले गर्नु भएको थीयो । Facebook Comments