ताजा अपडेट

होटल व्यवसायको विकास आवश्यक

          |   225 Views   |   Published Date : 23rd February 2016 |

संविधान निर्माणसँगै दाङमा पछिल्लो समयमा मानिसहरुको आवतजावत ह्वात्तै बढेको छ । केन्द्रीय तहका अत्यधिक कार्यक्रमहरु पनि भइरहेका छन् । जसमा सहभागि हुन देशभरबाट प्रतिनिधिहरु आउने र दाङको विशेषतालाई नजिकबाट बुझ्ने कार्यहरु गरिरहेका छन् । यस बाहेक दाङमा विशुद्ध घुमघामका लागि आउनेहरुको संख्या पनि बढेको छ । यी सबै कार्यहरुले के देखाएको छ भने दाङ पनि क्रमशः पर्यटकीय गन्तव्य बन्दैछ । यदि सबैले दाङको विकास संगसंगै पर्यटन क्षेत्रको विकासका लागि भूमिका खेल्ने हो भने अबको केही वर्षमै दाङलाई गन्तव्य बनाएर आउनेहरुको संख्या अधिक बढ्नेछ । यसका लागि यहाँको पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास हुनु अनिवार्यछ । पर्यटकीय क्षेत्रको पूर्वाधार विकास संगै पर्यटन क्षेत्रसंग प्रत्यक्ष जोडिने होटल व्यवसाय पर्यटन मैत्री बन्न जरुरी छ । बाहिरबाट आएका सबै अतिथि पाहुनाहरु होटलमा नै बस्छन् । जबसम्म यहाँका होटलहरु  सुन्दर, सफा, स्वच्छ, शिष्ठ व्यवहार गर्ने बन्न सक्दैनन्, पर्यटकहरु मन खोलेर जिल्लामा आउँदैनन् ।
सुधार क्रमिकरुपमा हुने प्रक्रिया हो । यहाँका होटलहरुले विगतको भन्दा धेरै हदसम्म आफूलाई सक्षम व्यवसायीकरुपमा ढाल्ने प्रयत्न गरेका छन् । होटलहरुले आफूलाई सुधारन सकेको खण्डमा यो व्यवसाय राम्रो मूनाफामा जान सक्छ । त्यसैले होटलको विकास संगसंगै पर्यटकीय सोंचसहित होटलहरुको सञ्चालन गर्ने परिपाटीको विकासका लागि सम्वन्धित निकायले ध्यान दिनुपर्छ । दाङ संघीय संरचना अन्तगर्त ५ नम्वर प्रदेशमा परेको छ । ५ नम्वर प्रदेशको राजधानी दाङ बन्ने कुरामा लगभग पक्कापक्की छ । यस्तो अवस्थामा दाङलाई प्रदेशको राजधानी बनाउने नै हो भने यहाँको होटल व्यवसाय व्यवस्थित हुन जरुरी छ । राजधानीको भार थेग्नका लागि परम्परागत शैलिमा सञ्चालित अहिलेको होटल व्यवसायले कदापि सक्दैन । तसर्थ होटल व्यवसायको चौतर्फी विकास गर्दै अबको राजधानीको सबै खाले चुनौतीलाई थेग्न सक्ने गरी यहाँको होटल व्यवसाय सञ्चालन गर्न जरुरी छ । पछिल्ला दिनहरुमा गुणस्तरीय होटलहरु सञ्चालनमा आउनेक्रम बढेको छ । भोलीका दिन अझ परिमार्जित तवरबाट यहाँका होटलहरु सञ्चालित हुनुपर्छ । सबै क्षेत्र व्यवस्थित हुन सक्यो भने मात्र दाङले राजधानीको अभिभावकत्व बहन गर्न सक्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१