ताजा अपडेट

सालीसँंग हार जीतको जुहारी

        गोविन्द खड्का   |   187 Views   |   Published Date : 23rd February 2016 |

अब कसले जित्ने भन्ने छ । सालीहरुको जमघट निकै ठूलो भइसक्यो । उनको सञ्जाल यसरी बिस्तार हुँदैछ कि रोक्ने ताकत कसैको देख्दैन । हेप्छु भन्ने दुश्साहस कसैले गरेमा नराम्रै गरी फस्ने पक्का भएको छ । कुनै बेला लुंगी कुर्कुच्चाबाट माथि सिमल्न लाग्दा नै जिरिङ जीउभरि काँडा उम्रिन्थे । अलिकति मुस्कान दियो नै ठूलै चर पाइन्थ्यो । शब्द फुत्क्यो नै भने त ठूलै खाप भेटिन्थ्यो जहाँबाट हृदय पसेको महसुस होस् । काल्पनिक मजा लिइन्थ्यो । सहकार्यका पलपल तयार हुन्थे । कतिपय रातहरु तिनीसँंगै बिते जस्ता लाग्थे । भलै बिहान उठ्दा अनिदो किन नहोस् । अहिले मलाई आँखा लाए हुन्थ्यो भनेर रुपको पसल थापी चोकमा चोकमा साली बस्न थालेकी छन् । दुई चारवटा चाउचाउको पोका, एक दुई किलो फलफूल, तरकारी वा अन्य चिजको सहारामा आफ्नो भाउताउमा व्यस्त हुन्छिन् । अरुकै मा भएपनि चिरीच्याँट परी पर्खिन्छिन् ।
अति सजिलो भएको छ साली खुलेर बोल्न थालेपछि । यौनलाई अपराधका रुपमा व्याख्या गर्नेहरुले मौका परे छोरीचेली पनि चिन्दैन्थ्यो । छोरा विदेश गएको बेलामा ससुरा बुहारीको रामराज्य चलेका घटना धेरै बाहिर आएका छन् । अहिले त साली भेटिदा पनि खासै जाँगर चल्दैन । असाध्यै आतुरी लागेपछि मात्रै जिस्काउनलाई अलिअलि मुख सक्सकाउने हो । किन भने अहिले त हिन्दै गर्दा सिठी मार्नु पर्दैन । हिड्ने बाटोमा घण्टांै कुर्ने पनि होइन । मिसकल हाने काम तमाम्, चिठी बोक्ने गोप्य मान्छे पनि चाहिएन । म्यासेज गरेपछि जति गोप्य गर्न खोजे पछि पुग्यो ।
सालीसँंग नास्ता गर्न घोराहीको एउटा चिया पसलमा गयौं । बेञ्चमा बस्न बित्तिकै ‘ढाल यहाँ छ’ भन्ने लेखिएकोमा आँखा ठोक्कियो । झट्टै मुखामुख भयो । सालीको अनुहारभरि खुसीको रंग पोतियो । सुविधाहरु पैँसा तिर्नुपरे पनि सहज हुनुपर्छ भन्ने मान्यता राख्ने म त त्यसै खुसी थिएँ । नजिकै बसेका ग्राहकहरुले यो के हो ? भनेर आश्चर्य व्यक्त गरेको देखिन्थ्यो । हामीले सहज रुपमा लियौं । त्यहाँ दिउँसो चिया राती रक्सी बेचिन्छ । रक्सी मासु खाएर रंगमगिएकाहरु जता पनि कोचिन सक्छन् । उनीहरुले त्यहिबाट ढाल बोके भने ढुक्क भए न त ? यो त निकै ठूलो विकास हो नि ? यौन रोग र एचआईभि एड्सबाट बच्न भात खाएर मेडिकल दौड्नु कति कष्टको होला ? होटलमै व्यवस्था भएपछि अश्लिल र घटिया ठान्नु गलत हो ।
‘बाबु सरहकोसँंग किन यस्तो’ भनेर पुरुषहरु हरुवाको बिल्लाबाट जोगिन खोज्ने रहेछन् भनेर सालिले रोष प्रकट गरिन् । बालत्कार गर्नेहरुको अब सेखी झार्ने उनको बिचार थियो । उनका अनुसार धेरै पुरुषले महिलादेखि हारी सके । त्यो सबै महिलाका लागि खुसीको कुरा हो भनेर मख्ख परिन् । सुतिहालौं भनेपछि नसकिए बदनाम हुने भयो त्यो भन्दा बरु गफ लाएरै पुरुषले टारेका हुन् । एक्ली बच्ची पाएपछि नातिनी सरहको भनेर अलिकति पनि समवेदना नहुनेले नसक्दा खुवै चलाखी अपनाउने रहेछन् । शक्तिको आडमा जसको पनि साहस आउने न हो । त्यहि भएर सालीहरुको निकै फुर्ति आएको छ । लुकी चोरी पिछा लाग्नेहरु त अहिले शंकैशंकामा भाग्ने अवस्था सिर्जीएको छ । नानाभाँतिका शब्द ओइराएर परिवर्तन सम्भव छैन । लाठी, बन्दुक, कानुनले सबै कुरामा नियन्त्रण जमाउन सकिदैन । सालीहरुको खुलेआम पुरुषसँंग जाईलाग्ने शैली प्रभावकारी छ । सबै पुरुषका सबै गतिविधिमा हो त ?
‘मनोरञ्जन अधिकार हो । स्मार्ट देखिन् प्रमुख आधार यौन सन्तुष्टि हो ।’ उनले आफ्नो शैली कत्ति पनि छोडिनिन् उनका अनुसार स्वाथ्यका लागि हाँस्नुपर्छ भन्छन् चिकित्सक । छोरी मान्छेले दाँत देखाउनु हुन्न भन्छन आमा बाबु लगाएत अभिवावक । त्यसो भए स्वस्थ पुरुष मात्रै हुनुपर्ने हो ? प्राकृतिक आवश्यकता मात्रै यौन होइन । सुखको प्रमुख साधन हो । दुवैको ईच्छामा हुने चरम सुख सामु अरु सबै वाहियात हो । कति आनन्द आउँछ भने एउटा दन्ते कथा छ । बुढो हाट गएको बेलामा मन परेको गोरु लडी मरे छ । घरमा आएपछि बुढाले मार्लान् भनेर बुढी खुबै तर्सेकी रहिछिन् । उनले रातिको मौका छोपिन् । जतिबेला सारा संसार बिर्सेर मस्त आनन्दमा बुढाबुढी सक्रिय थिए त्यसैबेला बुढीले ‘बल्ल छरर्री मरिगो बुढा’ भनेर सुनाइछिन् । ‘छोड्दे बुढी हामी भए बल्लै बल्ल’ भनेर बुढाले जवाफ फर्काइदिएछन् । यसरी खुसी मनको यौनक्रिडामा लोभ, आवेग, उत्तेजना, राग, दैष केही रहन्न । पुरा शान्त हुन्छ ।
छोरीमान्छे दाजुभाइ, बाबु वा पतिको ओतमा र साथमा मात्रै सुरक्षित मान्छिन् । फेसनमा होला, एकान्त एकाग्रता चाहिएला त्यसमा छुट छैन । महिला एक्लै भेटियो नै बलात्कार र महिला हिंसाको सिकार हुन्छन् । यस्तो वातावरण सालीहरुका कारण अन्त हँुदैछ । मधेशी समुदायको जस्तो उज्यालो हुँदासम्म महिलालाई घरभित्रै थुनेर हुन्न । केहि उग्र महिलावादीले बोल्या जस्तै बालात्कारीको लिंग काटेर पनि सकिन्न । जेलमा सडाएर मात्रै पनि यो स्थिति सुध्रिन्न । ईच्छाएको व्यक्तिहरुसँंग चाहना भएको समयमा सम्पर्क गरे मात्रै यौन सम्पर्कको धित मर्छ । पुरुष थाकिएपछि रोकिन्छ । बललै मिचेर यौन कुण्ठा लुकाउनु गलत हो ।
मैले भने, बलात्कारका घटना अहिलेकै अवस्थामा रहनु हुन्न । यौन अराजकता पनि फैलन दिनु भैन । दुवै प्रकारका अतिबाट बच्ने उपाय भनेको आवश्यकताको पुर्ति हो । त्यो कुरा सालीले बुझेकाले नै सबैका लागि अघि बढेको हुनुपर्छ । लुकिछिपी अरुको चियो गर्ने, कतै भेटाएपछि आवारा, रण्डी, बेश्या जस्ता शब्दले घृणा थुपार्ने चलन छ । त्यो सरासर झुट हो, व्यक्तिको स्वतन्त्रता हरण गरेको अन्याय हो । विवाह चल्दै आएको परम्परा छ । मागी विवाह सबैभन्दा चलेको चलन हो । अहिले भत्किदै प्रेममा बदलिएको छ । त्यो पनि पुरुषका लागि मात्रै छुट गरिएको छ । केटी पच्छ्याउँदै अरुको गाउँघर जाने पुरुष सहि मानिन्छ । अरुले आफ्ना दिदीबिहिनी जिस्काएको सहन्न । कति बदमासी हो ? आफूले जत्तिकै दिदी बहिनीले पनि चाहना राख्छन् भन्ने जान्नुपर्दैन ? यहि विभेदका बिरुद्धमा सालीहरुको केटा चहार्ने अभियान केन्द्रित हो ? भनि सोधे ।
सालीले जवाफ दिइन् यहि दुनियाँमा भोगेका कुरा मात्रै सत्य हुन् । पछि प्राप्तिको आशमा ज्युने कुरा अधिक मिथ्या हुन सक्छन् । भोलिका लागि बाूच्ने भनेको भ्रममा हो । अँध्यारोको झटारो जस्तै । आँखा चिम्लेर प्रहार गर्ने हो । तनाव जति अहिले व्यहोर्ने उपलब्धीभरि आशा गरेर बस्ने जीवन मैले सफल मान्दिन । अपराध गरेर पाप मोचनका लागि धर्म अनुष्ठान दान दातव्य गर्नुजस्तै हो पाउने आश भनेको । बरु आफ्नो कर्मका हरेक पाटामा गल्ती नगरौं अरु किन चाहिन्छ ? के चाहिन्छ ? दुवैको चाहना भएको बेलामा सल्लाह गरेर प्रकृतिक आवश्यकता पुरा गर्नु अपराध होइन । कुनै धर्म संस्कार बिरोधी पनि मानिन्न । त्यो लुकालो कुरा खोतली ठूलो बनाउने, नाना भाति शब्दले घृणा गर्ने, कानुन लगाई दुःख दिने, अबैध सम्बन्ध भन्नेहरु अपराधी हुन् । सालीले यसरी भनिन् । उनले बोलिरहिन भित्रभित्र मलाई पचाउन निकै कठिन भएको थियो । कसैले आफ्ना छोरीबहिनीलाई बांगो आँखा लाउँदा पनि झोक चल्छ । शील स्वभाव ईमान्दार बन्नका लागि कसैसँंग नमस्किने भन्ने छ । कसैसँंग सुतेको पचाउन सकिएला ? आफैलाई सोधेँ । कुमारी आमा बन्ने अधिकार त कार्यान्वयन गर्नु पर्छ ।
मैले अनुशासित, सभ्य र सुसंस्कृत समाज बनाउन महिला ईमान्दार हुनुपर्छ भन्छु । सालीले यौन कुण्ठा बोकेर जबर्जस्त सामाजिक संस्कारले थुनिएकी महिला कुरुप र रोगी हुन्छे भन्छन् । कसैलाई मानसिक वा शारीरिक पीडित बनाएर सभ्य समाजको मेरो कल्पना व्यर्थ लाग्छ । सबै भित्रैबाट खुसी हुने गरीको समानतासहितको सभ्य समाज दिगो हुन्छ । नत्र कुरा एउटा व्यवहार अर्को हुन्छ । राजनीतिक बैचारिक स्खलन त्यहिबाट सुरु हुन्छ । पुरुषको बहुमत हँुदासम्म ठिक छ, अलिकति घर्किने बेला ढोगी सभ्यता सकिन्छ । अहिले माओवादीहरुलाई टिप्पणी गरेजस्तै । अहो बडो दार्शनिक प्रशिक्षण दिएर मलाई रन भुल्ल बनाइन् ।
आवश्यकता पूर्ति शारीरीक भनेर व्याख्या नगरी महिला पुरुष भनेर किन भेद गर्ने उनको प्रश्न थियो । प्रेमको यत्रो चलहलपहल  र चर्चा परिचर्चा भएको छ दाजुभाइले कसैसँंग गफ गरेको देखे भने चेली मरेतुल्य हुन्छन् । लाजले यसरी खुम्चिन्छन् एकदुई रात नसुत्ने र केहि छाक नखाने वातावरण बन्छ । पुरुष जत्तिको अधिकार महिलालाई पनि चाहिन्छ । खाली बच्चा नपाएपछि मात्रै चिन्ता गर्ने माइति पक्षले उसको शारीरीक अवस्था र मागका बारेमा सोच्दैनन् । प्रजनन्को कुनै कमिकमजोरीले पुरुषप्रतिको आकर्षण रहेन भनेर चिन्ता गर्नुपर्छ । समयमै ख्याल गरे नातिनातिनी, भाञ्ज भाञ्जी हेर्ने धोकाले फेल खान्न । त्यसो हो भने सालीको व्यवहार ठीक हो । बरु पेशा बनाएर हिड्ने कुरामा असहमति छ । अलि बढि भयो भने रोग उत्पन्न भई महामारी फैलिन सक्छ । आफू र अन्य स्वस्थ हुने चाहना राखेकाहरु कालको मुखमा पर्न सक्छन् । लामो अन्तरपछि भेट भएकी सालीले बसुञ्जेल तीन चारवटा चुरोट सकिन् । हामी चिया रित्याउँदै बिदा भयांै । उनीसँंगको हारजितको जुहारी आगामी दिनमा जारी रहने छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन