प्रेम दिवस
खै कहा“बाट सुरु गरौ“ मेरा भावनाहरु । सायद् कसैका लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई । प्रिय भनूँ भने यो मनले मान्दैन ।
हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमीविनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भइरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौ“ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखि र किन भन्ने प्रश्नको उत्तर मस“ग छैन ।
मस“ग छ त्यो सूर्यको किरण, जुन हिउँले ढाकिएको पहाड आई ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नो मनको बह पोख्दैछु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखे“ आफैलाई थाहा छैन ।
संसारलाई बिर्सिसके“ । तिम्रो यादमा रचिसके“ प्रितका गीतहरु । थाहा छैन आज यो सब किन भइरहेको छ । साहित्य आफै प्रस्फुटित हँुदा रहेछन् । जुन मानिस प्रेममा पर्छ, उसले आफ्नो मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा हँुदैन भन्ने त सुनेको थिएँ । तर, मैले सुनेको कुरा सही रहेछ भन्ने लागिरहेको छ । आज आकासरुपी यो सुनसान शान्त छानो र चम्किला ताराहरुको माझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के भैरहेको भनेर ।
क्ष् मयल’त पलयध यतजभचक भहष्कतष्लन ष्ल तजष्क धयचमि दगत यलथि क्ष् यिखभ थयग, उभिबकभ मयल’त दचभबप mथ जभबचत। द्यभअबगकभ क्ष् जबखभ तयतबििथ कबअचषष्अभम mथ षिभ तयधबचमक थयग । क्ष् यलथि पलयध थयग । क्ष् बm चभबमथ ायच धबष्तष्लन थयग मभअबमभक।
थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ, सायद् मलाई नै सम्झिरहेकी या हुनेछौ, तिमी मेरो हरेक धड्कनस“गै धड्कीरहेकी छौ । तिमी मेरो मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले तिमीलाई पुकारीरहेछ । म तिमीलाई आफूभित्रै राख्न चाहन्छु । यदि तिमी आफूलाई खोज्न चाहन्छौ भने आऊ म देखाउनेछु तिमी कहाँ छौ मेरो जिन्दगीमा भनेर । तिमी मेरो मन, मुटु, मस्तिष्क अनि मेरो रक्तकणमा नशाझैं घोलिएर मेरो जीवनमा छाएकी छ्यौ । मेरो जीवनमा तिमी केवल आफूलाई पाउनेछौ मात्र आफूलाई ।
कति लेखूँ, जति लेखेपनि थाक्दैनन् यी आंैलाहरु, अनि सकिदैनन् मेरो मत्रभित्रबाट तिम्रा निम्ति जन्मिएका मायाप्रेमका शब्दहरु । कृपया मेरो भावनालाई नटुक्राऊ ल । यदि तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा तिम्रो जीवनबाट कुनै अपरिचित मायालु बनेर । जति कुरा लेखे पनि प्रत्येक शब्दले भनिरहेको छ कि क्ष् ीयखभ थ्यग, के तिमी मलाई माया गर्छौ, तिम्रो निर्णयले नै मेरो जीवनको बाटो निर्धारण गर्नेछ ।
तिम्रो जवाफको प्रतिक्षामा
सुशील चालिसे

Leave a comment