ताजा अपडेट

प्रेम दिवस र यसको सार्थकता

        नारायणप्रसाद श्रेष्ठ   |   295 Views   |   Published Date : 19th February 2016 |

हामीले केही समय अघि (१४ फेबु्रअरी अर्थात् २ फाल्गुण २०७२) प्रेम दिवसको अवसरमा एकअर्का बीच विश्वास र आस्थाको बलियो धरातल निर्माण गर्न सद्भाव र माया साटासाट ग¥यौं । आफू र आफ्नो विश्वासलाई मायाको कसिलो डोरीमा अझ मजबुत बनाउँदै जीवनको गतिशिलतालाई सहज ढँगले गतिशिल बनाउन हर किसिमले सद्भाव बाट्ने कार्य ग¥यौ । मायाँप्रितिका अनेक उपायद्वारा एकअर्काबिच सामिप्यता जनाउने कार्य ग¥यौं । २१ औं शताब्दिको उपलब्धी रेडियो, फोन, इन्टरनेट तथा अन्य साधनबाट प्रेमको सद्भाव लिनेदिने ग¥यांै । एकअर्कालाई बुझ्ने र विचारको आदानप्रदान गर्ने कार्य ग¥यौं । मनका बह पोख्दै एकअर्काबिचको भावनालाई साटासाट पनि ग¥यौं । कसैले बजारमा पाइने कृतिम फुलबाट त कसैले बगैचामा फुलेको वास्तविक फुलबाट मायाँ आदानप्रदान गरी एकअर्काबिचको मनका कुरा साट्यौं ।
दुई आत्मा बीचको सम्बन्धलाई अझ मजबुत र कसिलो बनाउने संकल्प ग¥यौं । सँगै बाँच्ने, सँगसँगै कर्म गर्ने र सँगसँगै मोक्ष हुने बाचा कसम खायौं । एकअर्का बीचमा भौतिक आडम्बरले ल्याएको कृतिमतामा होइन यथार्थतामा जीवनको परिचय दिन अघि स¥यौं । एकअर्का बीचको भावना, इच्क्षा र आकांक्षालाई आत्मबोध गर्ने अवसरको रुपमा प्रेम दिवसलाई प्रयोग ग¥यौं । माया प्रीतिको भाकामा गाइने गीतसँगीतमा मस्त हुँदै जीवनलाई सरल र सहज ढँगले एकअर्काप्रति समर्पित हुने बाचा कसम ग¥यौं । सामाजिक सु–संस्कृतिभित्र हुर्केको प्रेमको यथार्थ र भावनात्मक सम्बन्धलाई मजबुत र चिरस्थायी रहनेगरी जीवन्त राख्नुपर्छ भन्ने संकल्प ग¥यौं । प्रेमको पवित्रतालाई जीवनको गतिशिलतासँगै अघि बढाउन र प्राकृतिक सत्यभित्रको प्रेमलाई आत्मसाथ गर्दै अघि बढ्न सबै एकाकार भयौं। प्रेमको भावनात्मक सम्बन्धलाई पवित्र गँगासागरको निर्मल जल झै लहरिने विश्वास दिलायौं । गँगाजल समान पवित्र हृदयको ढोका उघारी मन, बचन र कर्मले समर्पित हुने भावनाको विकासमा एकअर्कालाई समर्पण ग¥यौं । प्रेमको पवित्रतालाई सामाजिक सुसंस्कृतिभित्र आदर्श चिन्तनका साथ अघि बढ्न र समाजलाई प्रेममय बातावरणमा विश्वास र लगनशिल भई कर्मपथमा लम्कन जागृत हुने परिवेशको उद्घाटन गर्न हामीसबै लागि प¥यौं । बाल, युवा, वृद्ध सबैले आ–आफ्नै ढँगले यसको रस स्वाद ग्रहण गरे । विशेषतः युवायुवती बिचमा यो दिवसले निकै उल्लासमय रुपले स्पर्श गरेको देखियो ।
युवा जमातमा यो निकै प्रभावकारी रुपले प्रदर्शन हुन पुग्यो । यसरी ससर्ति हेर्दा यो दिवसले सबै वर्ग, जात, धर्म र सम्प्रदायबिच सृष्टिको इतिहासले सिकाएको परम्परागत मान्यता र संस्कारलाई दिगो राख्दै एकअर्काबिचको सम्बन्धलाई अटुट राख्न उत्प्रेरणा जगाएको पाइयो । आपसी सौहाद्र्रताको बातावरण सिर्जना ग¥यो । महिला र पुरुषबिचको अन्तरसम्बन्धलाई प्रेमको माध्यमबाट कसिलो र मजबुत बनाउने कार्यमा हामी सबै अछुतो रहेनौ । प्राकृतिक सत्यभित्रको परिवर्तन भइरहने नियमभित्र आफुलाई परिचालन गर्दै र सत्य सधैं सत्य भएर प्रदर्शन हुन्छ भन्ने मान्यतालाई शिरोधार्य गरी मनको पवित्र ढोका उघार्न हामी कोही पछि परेनौं । प्रेमको प्राकृतिक सत्यलाई आत्मसाथ गर्दै मनका उद्वेगहरु एकअर्कालाई बिसायौं । प्राकृतिक सत्यभित्र रहने प्रतिवद्धतासहित एकअर्काबिचको सामिप्यतालाई मजबुत बनाउन हरेक उपाय अबलम्बन ग¥यौं । जीवनको क्षणिकतालाई महसुस गरी छोटो जीवनलाई सहज र सरल ढँगले गतिशिल बनाउदै स्वच्छ र पवित्र प्रेमको माध्यमबाट जीउनुपर्छ भन्ने मान्यतालाई जीवन्त दिन कोही पछि परेनौ । साचो प्रेमको अर्थ र परिभाषालाई विविध विषयसँग गाँसेर एकअर्काबिचको सम्बन्धलाई प्रगाढ कसरी बनाउने भन्ने कुरामा हामी सबै समर्पित भयौं । प्रेम दिवसले सिर्जनाका नयाँ पालुवा तयार गर्दै प्रत्येक विहानीले ल्याउने नयाँ जाँगर र शक्तिलाई प्रेमको पवित्रतासँगै हुर्कने अवसरको सिर्जना गरेको महसुस हुनेगरी मायाँ साटासाट ग¥यौं ।
यसले प्राकृतिक सत्यभित्र सिर्जना गरिएका मानव सृष्टिको इतिहासमा देखिएको पुरुष र महिलाबिचको सम्बन्धमा प्रेमको कति महत्व हुदोरहेछ र जीवन जिउन यो कति आवश्यक हुदोरहेछ भन्ने देखाएको अवस्थामा रह्यो । सृष्टिको संरचनासँगै अघि बढेको महिला, पुरुषबिचको सम्बन्धमा प्रेमले पु¥याउने असरबारे हामी कति गम्भिर छौ भन्नेबारे हामीले एकअर्कालाई दर्शाएको सद्भावले छर्लङ्ग देखायो । प्रेमको माध्यमबाट नजिकको सम्बन्ध कायम गर्ने कार्यमा हामी तल्लिन भयौं । यसरी आफुले प्रदर्शन गरेको यथार्थताले के प्रेमको परिभाषाभित्र परिभाषित भयो त ? के हामीले साँच्चिकै प्रेम प्रदर्शन गर्न सक्षम भयौं ? प्रेम के हो ? र यसले दिन खोजेको सम्बन्ध के हो ? के यसले हामीलाई निश्चित गन्तव्य निर्धारण गर्न मद्दत ग¥यो ? हामीले दिने उपहार र फुलको माध्यमबाट वा अन्य विविध उपायबाट हामीले प्रदर्शन गर्न खोजेको सम्बन्धले के साँच्चिकै प्रेम प्रदर्शन गर्न सक्षम भयौं त ? उपहार साटासाट गर्दैमा र एकअर्काबिचको भावनात्मक सम्बन्ध बढ्यो त ? हामीले दर्शाएको प्रेममा के आशक्ति प्रदर्शन भयो वा भएन ? भ्योलेनटाइन डेको महत्वसँगै बढेको प्रणय दिवसले कति सार्थकता हासिल गर्न
सक्यो ? दुई आत्माबिचको मिलन किन र के का लागि आवश्यक हुदोरहेछ ? आदि प्रश्न उठेको छ । त्यसैले प्रेम के हो त्यसतर्फ बिचार गरौं ।
प्रेमको उद्देश्य त्याग हो । विषयबासनामा नलागी निश्वार्थ र चाहनाबिहिन गरिने प्रेम नै यथार्थ प्रेम हो । प्रेम त्यो हो जहाँ आशक्ति र प्राप्तिको विषय र आशा हुँदैन । पाउने र गुमाउनेभित्र प्रेमको ब्याख्या हुँदैन । यो कसैले चाहेर वा जर्बजस्ती हुने कुरा पनि होइन । न त नचादा नचाहदैपनि नहुने कुरा पनि होइन । यो त पवित्र गँगाजल हो । जो सन्तुलित भएर गतिशिल भइरहेको हुन्छ । शुद्ध, पवित्र जल भनि सृष्टिको इतिहासमा सबैले भोग गर्नपर्ने विषय भनेकै प्रेम हो । यो कसैको स्वार्थभित्र कहिल्यै लुटपुटिदैन । यो त अन्र्तआत्माभित्र लुकेको विश्वास हो । प्रेम पवित्र आचरणभित्र प्रज्वलित भइरहने सत्य हो । प्रेम इश्वर हो । प्रेम कर्मभित्र लुकेको हुन्छ । मन, बचन र कर्ममा छिपेको हुन्छ । प्रेम डर, त्रास र शक्तिमा आशक्ति राख्दैन ।
यसले कुनै कोहीसँग केही गुमाउने र पाउने आशामा पनि हुँदैन । प्रेम साँच्चिकै प्रेमरसले भरिएको हुन्छ । प्रेम अनारको त्यो वृक्ष हो जसमा अनार र अनारभित्रको दाना र दानाभित्रको रसिलो स्वाद हो । जसलाई ग्रहण गर्न अनारको वृक्षलाई मलजल दिनुपर्दछ । फुलसँगै फलेको फलभित्रको रस लिन अनारको बोक्रा छोडाउदै त्यसभित्रको दानालाई सहज निकाली त्यसभित्रको रसस्वादन गर्न सक्नुपर्दछ । तबमात्र प्रेमको साँच्चिकै परिभाषाभित्र आफुलाई समर्पित गर्न सकिन्छ । यदि त्यसो हुन सकेन भने, त्यो वास्तवमा प्रेम नभई आशक्ति मात्र हुन सक्छ । मानव यदि उ शक्तिशालि छ र आफुले गर्न चाहेको गर्न सक्छ तर उसभित्र यदि प्रेमरस छैन भने उ खोक्रो मानव अस्तित्वमा गणना हुन पुग्दछ । ज्ञानि, विवेकी र वुद्धिमान भएर पनि यदि उसले प्रेमको परिभाषालाई बुझेको छैन भने, उ सँधै अरुको आलोचित बन्न पुग्दछ । उसले प्रदर्शन गर्ने प्रेम प्रेम नभई आशक्ति मानिन्छ । बासनाभित्र लुकेको प्रेममा स्वार्थ लुकेको हुन्छ । यसले मानव आचरणमा विकृति र विसंगति ल्याउछ । विकृतिभित्र गरिने प्रेमले स्वभावमा नकारात्मक प्रवृत्ति देखाउन थाल्दछ । फलस्वरुप मानव अस्तित्व र यसले निर्दिष्ट गर्न खोजेको गन्तव्य खोक्रो हुन्छ । केही पाउने र गुमाउने कर्मभित्र मानविय आचरण जब मुखरित हुने स्थिती पैदा हुन्छ तब त्यहाँ निश्वार्थ भन्ने केही रहदैन । जताततै स्वार्थ लुकेको अवस्था रहन्छ । त्यसैले प्रेमको पवित्र भावनामा मुखरित हुने गरी मानव आचरणमा ल्याउने सकारात्मक कर्मभित्र प्रेमलाई परिभाषा गरी स्वच्छ र मनस्थितिभित्र हुर्कने प्रेमको रसस्वाद गर्ने कर्मतर्फ सबैको ध्यान जान जरुरी देखिन्छ ।
त्यसैले प्रेमले ल्याउने सकारात्मक आचरणलाई मनन् गरी सत्य र यथार्थमा आधारित प्रेम गर्ने बानिको विकास गर्नुपर्दछ । प्रेमले आशक्ति नेखाज्ने प्रवृत्तिको विकास गरी प्रेमबिना जीवन अधुरो हुने सत्यलाई बुझी प्रेम दिवसको महत्व दर्शाउन सक्नुपर्दछ । प्रेममा स्वार्थ लुक्नु भनेको बासना हो । बासनालाई मानिसलाई कहिल्यै सन्तुष्टि हुन दिदैन । जति पाउने त्यति पाउने अभिलाशा बढाई यसले मानविय आचरणमा विकृति बढाउछ । तसर्थ प्रेमको अर्थ र परिभाषा बुझ्न आमा, बुवाको स्नेह, पति पत्निबिचको सम्बन्ध, गुरु र चेलाबिचको सम्बन्ध, दाजुभाई  दिदीबहिनिबिचको सामिप्यता, प्रकृति र मानवबिचको सम्बन्ध, अबोध बालवालिकाबिचको सामिप्यतालाई बुझी मानव आचरण किन एकअर्काबिच सामिप्यता बढाउन चाहेको होला ? यि सबै कुराको गहिरो अध्ययन र विश्लेषण गरी प्रेम दिवसको महत्व र सार्थकतालाई प्रत्येक जन र मनमा बसाउने गर्न सक्नुपर्दछ । त्यहाँ नै जीवनमा असली प्रेमको प्रार्दुभाव भएको मान्न सकिन्छ । प्रेम पाउन भौतारिनु पर्दैन । न त खोजेरै पाउने वस्तु हो । यो त मानव आचरणले प्रदर्शन गर्ने बचन र कर्ममा लुकेको हुन्छ । जब मन, बचन र कर्मले सकारात्मक भाव उत्पन्न हुने जीवनको गतिशिलतालाई बुझ्दछ तब त्यहाँ स्वतः प्रेम प्रदर्शन भैहाल्छ । र प्रत्येक क्षण र प्रतिक्षणले यसलाई चुम्बन गरिरहेको हुन्छ । त्यसैले साँचो प्रेमको अर्थमा जीवन र जगत प्रभावित भइरहने सत्यलाई बुझी यसले ल्याउने सकारात्मक र नकारात्मक परिस्थितीको मुल्यांकन गरी आशक्तिमा होइन निस्वार्थ भावमा प्रेम प्रदर्शन गर्नुपर्दछ । त्यहाँ नै जीवनको सार्थकता महसुस गर्न सकिन्छ । प्रेम दिवसको सार्थकता पनि यसैमा रहेको छ । अस्तु ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन