फूटबल खेलाडीले दिएको खुशी
नेपाली फूटबलरहरुले साग च्याम्पियन सिपको फाइनलमा भारतले हराएपछि सिंगो मुलुक खुशीमा रमेको छ । राष्ट्र र राष्ट्रियताको लडाई चलि रहेको समयमा भारतीय भूमिमा नेपाली खेलाडीहरुले जीत दर्ज गराउनु सिंगो मुलुकका लागि गौरबको विषय हो । भारतीय नाकाबन्दी पछि नेपालीले भोग्नु परेको पीडा सबै नेपालीको मनमनमा ताजा छ । अहिले पनि भारतीय नाकाबन्दीको असर नेपाली समाजमा विद्यमान छ । यस्तो अवस्थामा भारतीय भूमिमा नै बहादुरीका साथ नेपाली खेलाडीहरुले मुलुकको शिर उचो बनाउनु हामी सबैका लागि गौरबको विषय हो । बास्तबमै नेपाली खेल क्षेत्रले पछिल्लो समयमा एकपछि अर्को खुशी थपि रहेको छ । फूटबलमै लगात्तार
अन्तराष्ट्रिय स्तरमा दुईवटा महत्वपूर्ण उपाधि नेपालले जितेको छ । बिगत २३ वर्षपछि यस प्रकारको सफलता नेपाली फूटबलले प्राप्त गरेको छ ।
नेपालकै केही खेलाडीहरु देशद्रोही बनेर अरुको पैशा खाँदै मुलुकलाई हराउँन तल्लिन रहेकाले नेपालको फूटबल निकै नराम्ररी खस्किएको थियो । तर यो कुराको पर्दाफास भएपछि उनीहरुको ठाउँमा भित्रिएका युवा खेलाडीहरुले दिलो ज्यान लगाएर मुलुकका लागि खेलि रहेका छन् । जसले गर्दा नेपालको असली खेल मैदानमा देखा परेको छ । लोभमा फसेका ती खेलाडीहरुले जीतको मूल्य अनियमित तरिकाले आउने रकम भन्दा धेरै हुन्छ भन्ने कुरा पूर्णरुपले बिर्सिएका थिए । जसले गर्दा नेपालले पटकपटक हार व्यहोरिरहेको थियो । जुन कुरा पछिल्ला दिनहरुमा पुष्टि भएको छ । खेलमा सहभागि खेलाडीहरुलाई समेत राज्यले पछिल्ला दिनहरुमा विभिन्न किसिमका सेवा सुविधाहरु दिइरहेको छ । जीतेर आउने खेलाडीहरुले त झनै स्वागत सम्मान देखि सेवा सुविधाहरु भरमार तरिकाले पाइरहेका छन् । यी सबै कुराहरुलाई दृष्टिगत गर्दा अब नेपालको खेल क्षेत्रले छिटै नयाँ उचाई लिनेछ भन्नेमा शंका छैन । भारतीय भूमिमा चौतर्फी दबाबका बीचमा नेपाललाई भारतले देखाइ रहेको हेपाहा प्रवृत्तिलाई चिर्न नेपाली खेलाडीहरु सफल भएका छन् । नेपाली खेलाडीहरुको सफलता अबका दिनमा नेपालले सबै खेलमा प्रगति गर्नेछ भन्ने कुरा स्थापित गरेको छ । सिंगो मुलुकलाई हर्षविभोर बनाउने नेपाली फूटबलरहरुलाई बधाई एवं शुभकामना ।


Leave a comment