‘अन्तीम पत्र मायाको भिक्षुको’ : प्रेम दिवस विशेष

प्यारी सङ्गीता मैले यत्तिका दिनसम्म पनि बिर्सन नसकेकी ‘काली’ थोरै गुनासो अनि धेरै माया छ । हुन त ‘काली’ नामले पुकार्ने अधिकार मबाट हत्याएर अरु कसैलाई दिएकी छु भन्दै बारबार ढिपी गरिरहन्छ्यौ । तर, यो मनले अहँ मान्दै मान्दैन । पात्रहरु त तिमीलाई धेरै लेखेँ । तर, तिमीले छाडेपछिको यो दोस्रो र सायद अन्तिम पत्र हुनेछ । मन थामेर बसेको थिएँ भित्रै गुम्सिन्छ भनेर, तर सकिन फेरि जिस्काइहाल्यो । माया गर्नेहरुको चाड फेबु्रअरी १४ ले यो पत्र लेख्दै गरेको रातमा तिमीले छाडेको पनि पुरा ४५५ दिन पुगेछ कालु । तर, अस्ती जस्तो लाग्छ पानिपुरी खाने बहानामा बाटोमा गरेका क्रस भेटहरु । विना जानकारी दिनभर फेसबुकमा नआउँदा साँझपख खाएका गालीहरु अनि कलेज जाँदा तिम्रो कोठादेखी तिम्रो कलेजसम्म गफिदै गएका दिनहरु । साँच्ची तिमी पनि कति अल्छी के ‘काली’ सरले पढाउँदा झुँगेर बस्ने अनि मलाई सताउने है ? एजथकष्अक, ऋजझष्कतचथ का चाहे ल्गmभचष्अबकि हुन् वा त्जभयचथ सरले पढाको भन्दा हजुरले सिकाको बुझ्छु भन्दै जिद्दी गथ्र्यौ र मख्ख पाथ्र्यौ अनि समय पुग्दैन भन्दै द्यष्ययिनथ का चित्र पनि मेरै राम्रा हुन्थे । सम्झिन्छ्यौ ‘कालु’ हाम्रो पहिलो औपचारिक भेट साई मन्दिरमा भएको थियो । दुवै निकै अत्साहित थियौ । साथै नर्भस पनि बोल्नै अप्ठेरो भएको भन्या एकछिन त । ती ठुलाठुला गाँजले आँखाले पुलुक्क पुलुक्क … Continue reading ‘अन्तीम पत्र मायाको भिक्षुको’ : प्रेम दिवस विशेष