अमेरिकाले नेपाललाई चार गुणा सहयोग बढाउने

काठमाडौं, माघ २७। अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग चार गुणा वृद्धि गर्ने प्रस्ताव गरेको छ । वैशाखमा आएको भुकम्पपछिको पुनर्निर्माणलाई मध्यनजर गर्दै उसले आफ्नो वाषिर्क सहयोग ६ करोड ४० लाख अमेरिकी डलर ९६ अर्ब ४० करोड रुपैयाँ० पुर्‍याउने तयारी गरेको छ । अघिल्लो आर्थिक यो सहायता १ करोड ४५ लाख अमेरिकी डलर ९करिब १ अर्ब ४५ करोड० मात्रै थियो । अमेरिकी कंग्रेसमा अक्टोबर १ बाट सुरु हुने नयाँ आर्थिक वर्ष २०१६९१७ का लागि वाषिर्क बजेट पेश गर्दै विदेश मन्त्री जोन केरीले नेपालको आर्थिक सहायता कोष ९इएसएफ० मा दिने रकममा उच्च वृद्धि गर्न प्रस्ताव गरेका छन् । ‘विनाशकारी भूकम्पपछि नेपालमा सर्वसाधारण जनताका घर तथा विद्यालयहरुको पुनर्निमाणमा सहयोग गर्न र आर्थिक वृद्धिलाई उकास्नका लागि अमेरिकी सहयता रकम प्रयोग हुनेछ,’ विदेश मन्त्रालयले आफ्नो बजेटसम्वन्धी प्रस्तावमा भनेको छ । यो स्रोतलाई कृषि उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षा प्रवर्द्धन गर्न समेत खर्च गरिने प्रस्तावमा उल्लेख छ । यसका अतिरिक्त विदेश मन्त्रालयले तीन करोड ९७ लाख अमेरिकी डलर ९करिब चार अर्ब रुपैयाँ० यूएसएआइडीको विश्व स्वास्थ्य कार्यक्रममार्फत नेपाललाई दिने प्रस्ताव गरेको छ । Facebook Comments