सोनापुर सिमेन्टले क्षमायाचना गर्नुपर्छ
दूधराश स्थित सोनापुर सिमेन्टले उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन भएका कारण केही घरहरु भत्किएको खबर सार्बजनिक भएको छ । उक्त घटना घटेपछि समाचार ढाकछोप गर्न खोजेको कुराले त झनै बजार तताएको छ । जसलाई हामीले पनि अत्यन्त गम्भीरताका साथ लिएका छौं । भारतीय नाकाबन्दीका कारण सिमेन्ट उत्पादनका लागि मिसाउनुपर्ने केही कच्चा पदार्थहरुको कमि निश्चित्रुपमा यस अबधिमा भएको छ । जसले गर्दा सिमेन्ट उद्योगहरुले सामान तयार गर्न सकेका छैनन । दूधराश सिमेन्ट उद्योगमा पनि कच्चा पदार्थको कमिका कारण सामाग्री उत्पादनमा असर गरेको छ । यही अबस्थाकाबीचमा उद्योगले उत्पादन गरेका केही सिमेन्टहरु गुणस्तरहीन बनेको हुनुपर्छ । काम गर्दा स्वाभाविकरुपमा कमि कम्जोरी हुन्छन् । अरबौंको लगानीमा सञ्चालित उक्त उद्योगले जानीजानी कमसल सिमेन्ट उत्दान गरेको होला भन्ने पक्षमा हामी ् छैनौं । तर समय परिस्थितिका कारण उत्पन्न भएको अवस्थालाई जसरी भएपनि ढाकछोप गर्न सकिन्छ, गर्नु पर्छ भन्ने चिन्तन्का कारण आज यो विषय गम्भीर मोढमा उभिएको छ । जसरी सिमेन्ट प्रयोगकर्ताहरु मर्कामा पर्दा उद्योगले क्षतिपूर्ति दिएको छ । त्यसैगरी उक्त घटना घटनासाथ उद्योगको तर्फबाट त्रुटी भएको सन्देश सार्बजनिक गरको भए सायद आजसम्म घटना सेलाई सक्ने थियो । तर उक्त घटनालाई लोभलालचमा फसाएर, भोज खुवाएर गुपचुप बनाउन खोज्दा सामाजिक सञ्जालहरुमा व्यापक आलोचलना भइरहेको छ । दाङको पत्रकारितामा समेत प्रश्न चिन्हहरु खडा भएका छन् । तसर्थ यस विषयमा … Continue reading सोनापुर सिमेन्टले क्षमायाचना गर्नुपर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed