ताजा अपडेट

संस्कृत विश्वविद्यालयको ताला नौ महिनापछि खुल्यो

        गणतन्त्र समाचारदाता   |   311 Views   |   Published Date : 20th January 2016 |

Nesambi-Dang   दाङ, माघ ६ गते । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीमा गरिएको तालाबन्दी नौ महिनापछि खुलेको छ । विभिन्न माग राख्दै कर्मचारी , विद्यार्थी र प्राध्यापक संगठनहरुले लगाएका छवटै ताला बुधबार रातिबाट खुलेका छन् ।


विश्वविद्यालयको वार्ता समिति र आन्दोलनरत पक्षबीच पटक–पटक भएका वार्ता र छलफलपछि तालाबन्दी  खुलेको विश्वविद्यालयले जनाएको छ । गत बैशाखदेखि थालिएको तालाबन्दी सहमतिपछि खुलेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक रमेशप्रसाद ढकालले जानकारी दिनुभयो ।
विश्वविद्यालय वार्ता टोलीका संयोजक एवं विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. रमेशप्रसाद ढकाल नेतृत्वको वार्ता टोली, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष जर्मन चौधरी र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कमल पोख्रेल नेतृत्वको वार्ता टोलीबीच भएको वार्तामा विश्वविद्यालयको चौतर्फि विकासका लागि सहमति र सहकार्य गर्दै अघि बढ्ने सहमति भएपछि ताला खुलेको वार्ता टोलीका संयोजक ढकालले जानकारी दिनुभयो ।
यसअघि एमाले, एमाओवादी, नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा माओवादीनिकट प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले छुट्टाछुट्टै लगाएका ताला सहमतिपछि खुलेका थिए। ताला खुलेपछि बुधबारदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक काम सुचारु भएका छन् । यद्यपि विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालय सेवा आयोगमा लगाएको ताला भने अझै खुल्न सकेका छैनन् । उता विश्वविद्यालयले केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१